१९ असोज, काठमाडौं । यो साता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैकले आजका लागि एक अमेरिकी डलरको भाउ १ सय ४ रुपैयाँ २९ पैसा तोकेको छ ।

साताको सुरुमा डलरको भाउ १ सय ५ रुपैयाँ ११ पैसासम्म पुगेको थियो । लामो समयदेखि डलरको भाउ १ सय २ रुपैयाँको हाराहारीमा रहेको थियो । चीनको अर्थतन्त्रमा संकुचन आएको तथ्यांक सार्बजनिक भएपछि डलर बलियो हुँदै गएको बिश्लेषकहरुको अनुमान छ ।