बि.स.२०७४ जेष्ठ १२ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे २६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ शुक्ल पक्ष । तिथि प्रतिपदा,४५ घडी ४५ पला,बेलुका ११ बजेर ३० मिनेट उप्रान्त द्धितिया । नक्षत्र रोहिणी ४५ घडि ३३ पला, बेलुका ११ बजेर २५ मिनेट उप्रान्त मृगशिरा । योग सुकर्मा ४० घडी १० पला,बेलुका ९ बजेर १६ मिनेट उप्रान्त धृति । करण किंस्तुध्न, दिउँसो १२ बजेर ४४ मिनेट उप्रान्त वव,बेलुका ११ बजेर ३० मिनेट उप्रान्त वालव । आनन्दादिमा मित्र योग । चन्द्रराशि बृष । दशहरा स्नान शुरु । गोसाईकुण्डमा स्नान आराम्भ ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ५१ मिनेट जाँदा । दिनमान ३४ घडी ०७ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

माया प्रेममा धोका अबिश्वास सिर्जना हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ भने व्यवसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ । बिदेसि सामानको व्यापार व्यवसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय र परिस्थितिको अध्ययन गरेरमात्र अगाडि बढ्नुहोला आफन्त तथा साथिभाईहरुको समर्थन नहुँन सक्छ । आफन्त तथा शुभचिन्तकको सुझाबलाई बेवास्ता गर्दा दुख पाईन सक्छ । योजनाहरु भए केहिदिनको लागि स्थगित गर्नुहोला समय त्यति उत्तम छैन । व्यापार व्यवसाय खस्केर जानेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला विवाद निम्तिन सक्छ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुस हुँनेछ । घर परिवार तथा आफन्तबिच घरायसी कुरामा विवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला तपाईको योजना बिफल हुँन सक्छ । पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । यात्रा गर्नुपर्ने भए आजको दिन अलि ख्याल गर्नुहोला गन्तब्यमा पुग्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुँनसक्छ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ । चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुस हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसी कुरामा विवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला तपाईको योजना बिफल हुँन सक्छ । प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा दिदी बहिनीहरुबिच मनमुटाव सिर्जना हुँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग  भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुँन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

पढाई लेखाई कमजोर रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनहोला । व्यापार लगानि गर्ने वातावरण छैन त्यसैले व्यावसायमा नाँफा कमाउँन निकै समय दिनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुँनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब बढ्नेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावश्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुँन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाँफा कमाउँन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग अनावश्यक विवाद हुनसक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२