११ माघ, काठमाडौं ।

संघीय समाजवादी फोरमले मधेश आन्दोलनका क्रममा जारी आमहडताल र बन्द लगाएका कार्यक्रम कायम राख्दै झनै चर्काउने जनाएको छ ।

केन्द्रिय समितिको बैठकबाट गरिएका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघीय समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आमहडताल जारी रहे सम्म नाका नखुल्ने स्पष्ट पारे । नाकामा कार्यकर्ता बढाइने उनले बताएका छन् ।

संविधान संसोधनले यस अघिको ब्यवस्था भन्दा पनि बिकृत ब्यवस्था गरिएको आरोप लगाउँदै फोरमले आन्दोलन थप चर्काउने जनाएको हो । सबै क्षेत्रमा खस आर्य समुदायको खस आर्यलाई समेत आरक्षण दिएका कारण यसले मधेशीहरुको मागलाई झनै उपहास गरेको आरोप लगाएको छ ।

Sanghiya samajbadi press meet 1

आर्थिक र शैक्षिकरुपमा पछाडी परेका आदिबासी, मुस्लिम, दलित महिला र मधेशी भन्ने शब्दावलीहरुले संविधान संसोधन गरिनुले संविधान झनै विकृत बनेको आरोप लगाए ।

शीर्ष नेता मोर्चाको बैठकमा नबस्ने, उपेन्द्र पनि काठमाडौं बाहिर जाँदै

आज मोर्चाको बैठकले के निर्णय गर्ला !

‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ’, सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’ मनपरी ढंगले संविधान संशोधन भएकोले केन्द्रीय बैठकले जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको उनले बताए ।

शुक्रवारदेखि आइतबार सम्म राजधानीमा चलेको फोरम नेपालको केन्द्रीय समितिको बैठक १२ बुँदे निर्णय गर्दै आइतवार सम्पन्न भएको छ । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनात्मक र आर्थिक प्रतिवेदन सर्ब सम्मतले पारित भएको छ । ५१ सदस्यीय राजनीतिक समिति सहित चार वटा केन्द्रीय निकाय गठन गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

ओलीको ‘चिनियाँ कार्ड’ यसरी भयो असफल

मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड अनुसार थप छलफल गरेर काठमाडौं केन्द्रीत आन्दोलनको रणनीति र कार्यनीति तय गरिने फोरमले जनाएको छ ।

यस अघि फोरमले नाका अवरोधको आन्दोलन फिर्ता लिने भनिएको भएपनि पत्रकार सम्मेलनमा झनै चर्काउने जानकारी दिइयो । फोरमको निर्णयले आज हुने भनिएको मोर्चाको बैठकले पनि नाका अवरोधको कार्यक्रम फिर्ता नलिने स्पष्ट भएको छ ।