दिउँसोको खाना खाँदै थिए म्यासेन्जर बज्यो। म्यासेज हेरे नमस्ते हजुर आरामै लेखिएको थियो । मैले जवाफ फर्काए ‘हजुर नमस्ते सन्चै छु, अनि तपाँइ नि ?’

फेसबुकमा दुइ बर्ष अघिदेखि हामीहरु साथी बनेका थियौ । एक अर्कोको फोटो स्टट्यासमा कहिलेकाहि लाइक कमेन्ट मात्रै हुन्थ्यो । बोलचाल कहिल्यै भएको थिएन । उसको नाम थियो ‘पबित्रा ‘ ।

केहिबेर यस्तैउस्तै च्याटमा कुराकानी भयो, हस् हजुर पछि कुरा गर्दै गरौला, तपाइसँग च्याट हुँदा खुशी लाग्यो अहिले ‘बाइ’ भनि ।

मलाइ पनि खुशी लाग्यो हस् बाइ शुभरात्री भने । उसलाइ मसँग च्याट हुदा के – कारणले खुशी लाग्यो त्यो थाहाँ भएन, तर मलाइ चाहि खुशी लागेन र त्यस्तो खुशी हुनपर्ने कारण केहि पनि थिएन ।

लेखक: राम ढुङ्गाना 'अल्पमत'

लेखक: राम ढुङ्गाना ‘अल्पमत’

त्यसपछि बेलाबेलामा उसले मलाइ म्यासेन्जरमा म्यासेज गर्न थाली । म पनि कामबाट फुर्सद भएको बेलामा उ सँग च्याट गर्थे । उसले कतिबेला बोलाउँछे भनेर कुरेरै त बस्ने थिइन, तर अरुको भन्दा उसको म्यासेज आएपछि भने खुशी लाग्थ्यो ।

एकदिन म्यासेन्जरमा च्याटिदै थियौ, नेपाल कहिले आउँने भनेर सोधी । मैले दुइ महिना पछि आउँदैछु छुट्टिमा भने।

‘मलाइ के लेराइदिनु हुन्छ त?’, सोधी उसले। राम्रोसँग आउनु भन्नुको सट्टा मेरो उपहारमा उसले दिलचस्पी देखाइ। मैले पनि यत्तिकै ‘के लेराइदिउ?’ भनेर सोधे ।

एउटा आइप्याड ल्याइदिन अनुरोध गरि । मैले त मिठो चक्लेट सम्म ल्याइदिनु भन्छे होली भन्ठानेको उसको नजर आइप्याडमा ठोक्किएको र’छ ।

मैले सम्झे केटी चालु रछे मसँग जस्तै बिदेशमा बस्ने अरु धेरै जनासँग उसले फेसबुक मार्फत चिनजान गरेकी होली। अनि प्रत्येकसँग सामानहरु मगाएको हुनुपर्छ । अनि यता विदेशमा काम गर्ने नेपालीहरु जति सबैले आइफोन र आइप्याड बनाउने कम्पनिमा मात्रै काम गर्छन्, महिना मरेर तलब लिने बेलामा कम्पनिले तलब सँगै आइफोन र आइप्याड पनि सित्तैमा बाड्छ। अनि नेपालबाट आइप्याड ,आइफोन माग्नेहरुलाइ दिन कुन गार्हो कुरा भो र ?

छुट्टिमा नेपाल उडियो। कतारमा आठ घण्टा ट्रान्जिट थियो । कतार पुगेर एअरपोर्ट भित्रको रेस्टुरेण्टमा बसेर कफि अर्डर गरेर मोबाइलमा वाइफाइ कनेक्ट गर्दै फेसबुक चलाउन थाले।

म्यासेन्जरमा ‘तपाँइ कति बेला झर्ने हो ? म तपाँइलाइ लिन एअरपोर्ट आउँछु’ भनेर पबित्राले धेरै पटक म्यासेज गरेकी र’छे । उसको म्यासेज देख्दा यस्तो लाग्थ्यो उ मेरो ब्यग्रताका साथ प्रतिक्षा गरिरकी छे । बिहेको दिनमा दुलहीले दुलाहाको प्रतिक्षा गरेझैँ ।

मैले मनमनै भने, ‘मलाइ लिन आउने हो र, आइप्याड लिन आउने होली। मैले ल्याइदिए पो ? आफ्नै आफन्त र घरपरिवारहरुलाइ त किन्दिन सकेको छैन पराइ केटी दुइचार दिन फेसबुकमा बोल्दैमा आइप्याड कसरी लगिदिनु।’

ट्रान्जिट पनि लामै थियो, ड्युटि फ्रि घुमघाम गर्दै थिए एप्पल स्टोर देखे । मनले रोक्दारोक्दै पनि खुट्टा आफसेआफ पसलतिर लम्किन थाल्यो। एउटा आइप्याड चाँहि लगिदिनै पर्यो  बरु नेपालमा कम रमाइलो गरेर खर्च कटौती गरौँला । आइप्याड किने ।

कतारबाट उडेको केहि घण्टामै नेपाल उत्रिए । एअरपोर्ट बाट बाहिर निस्कने सबै प्रकृया पुराउँदै र लगेज खोज्दाखोज्दै दुइ घण्टा जति एअरपोर्ट भित्रै समय लाग्यो ।

बाहिर निस्किए उ आएकी छ कि मलाइ लिन भनेर एकछिन खोजे कतै देखिन , आएकी रहिनछे भनेर ट्याक्सी समाउँनै लागेको थिए अचानक पछाडिबाट आएर ‘कतिबेला आइपुग्नु भयो ? म तपाइलाँइ कुर्दाकुर्दै थाकेर पर गएर बसेको’ भन्दै पबित्रा देखापरि।

‘तपाँइ त फेसबुकको फोटो जस्तै हुनुहुदो र’छ’ उसले भनि । ‘मलाइ फोटो राम्रो बनाउने कला आउदैँन, फोटो खिच्दा जस्तो आउछ त्यस्तै राख्दिने हो’ मैले भने, ‘बरु तिमी चाहि राम्री र’छौ।’

सामान्य कुराकानी भयो अनि उसले कहाँ बस्नु हुन्छ भनेर सोधी। ‘थाहा छैन ट्याक्सी समाउँ, ड्राइभरलाइ कतै होटलमा लैजा भन्नु पर्ला। भोली अलिअलि सपिंग गरेर भ्याइयो भने भोलिनै, नभए पर्सि बिहानै गाउँ हिड्छु।’ मैले भने ।

‘मैले होटल बुँकिंग गरेको छु हिड्नुस्’ भनेर लगेज घिसार्न थाली पबित्रा । मसँग धेरथोर पैसा र केहि महँगा सामान थियो। फेसबुक मार्फत चिनजान गरेका भरमा अन्जान केटीहरुको बिश्वासमा परेर धेरै केटाहरु लुटिएको भन्ने समाचार कति धेरै आफैले पढेको ,उसँग जान हिच्किचाए ।

उसले मेरो हाउभाउ बुझिछे क्यार। ‘तपाँइलाइ अप्ठेरो भयो हो? ठिकै छ ,भेट भइहाल्यो म होटलको रुम क्यान्सिल गरिदिन्छु’ भनेर अलि रिसाएको पाराले भनि ।

उ रिसाउँदा मलाइ पनि खल्लो लाग्यो, जे त होला आखिर बिश्वासमा अडिएको संसार छ अबिश्वासको नजरले हेर्दा जिन्दगीका रमाइला क्षणहरु पनि गुम्न सक्छ जस्तो लाग्यो र उसैले बुकिंग गरेको होटलको लागी ट्याक्सी समातियो ।

दुबैजना होटलमा पुग्यौ। खाना पनि कोठामा मगाएरै खायौ। राती सुत्ने बेला भयो। ‘ल तपाइ थाक्नु भएको छ आराम गर्नुस् म जान्छु’ भन्दै पबित्रा हिड्न खोजी ।

‘कता जान्छौ तिमी ? यतै बसे हुँदैन? प्रश्न गरे।

म कहाँ तपाइ सँगै एउटै कोठामा सुत्छु र! उसले जवाफ दिइ।

कहाँ मसँगै तिमीलाइ एउटै बेडमा सुतौ भनेको छु र? यो रुम क्यान्सिल गरेर डबल बेड भएको अर्को रुम लिदा भैहाल्छ नि, छुट्टाछुट्टै बेडमा सुत्न आपत्ति त नहोला नि होइन? मैले भने ।

उ, तपाइ आराम गर्नुस् मेरो कोठा यहि नजिकै छ म भोली बिहान तपाँइलाइ भेट्न आउछु, त्यसपछि कतै घुम्न जाने भन्दै बिदा भएर हिडि ।

म पनि यात्राको थकाइले उ हिडेपछि भुसुक्कै निदाएछु । बिहान ९ बजेतिर उसैले ढोकाको घण्टी बजाइ। उ त घुम्न जाने योजना बनाएर आएकी र’छे । मैले आज सपिंग गरेर भोली गाउँ जानुपर्छ बरु सँगै सपिगँमा जाउ घुम्न नजाने भने । तर उसले मानिन जिद्दि गर्न थाली । केटी मान्छेको अगाडि केटाको जिद्दि आगोको राफले भेटेको नौनी झै हुदो र’छ। मैले पनि इन्कार गर्न सकिन। घुम्न निस्कियौ ।

नगरकोट तिर घुम्न गयौ। घुमघाम सक्किएपछि फर्कने बेलामा कुनै रेस्टुरेन्ट बसेर खाजा खाइदै थियो, मैले झोलाबाट झिकेर आइप्याड दिए उसले खुशी हुँदै धन्यबाद भनि ।

बेलुका उ आफ्नो कोठामा फर्कि म होटलमा । त्यसको भोलिपल्ट पनि बिहानै उ मेरो रुममा आइ।

आज चाहि तपाइको लागी सपिंग गर्न जान आएकी, आउना साथ उसले भनी । अनि दुबै जना मिलेर सपिँग गरियो । उसलाइ के किनिदिउँ भनेर सोधेको केहि पनि पर्दैन भनि ।

बेलुका कोठामा फर्कियौ, कफि अर्डर गरेर पिउँदै थियौ उ केहि बोलिन र म पनि एकछिन निस्तब्धता छायो । उसको अनुहारको भावले केहि भन्न खोजिराखेको जस्तो प्रस्टै देखिन्थ्यो, मैले सोधे तिमीले केहि भन्न खोजेको हो र ?

हो तर अप्ठरो भो भन्न, उसले जवाफ दिइ।

मैले भनन के कुरा हो भनेर सोधे ? तपाँइसग दुइ लाख जति छ भने दिनुस् न म हप्ता दश दिनमा फिर्ता गर्छु, बरु म कागज गरिदिउँला भनी। अब भने म अफ्ठेरोमा परे , के भनौ कसो गरौ ? पैसा छैन भनौ भने कसरी ठाडो झुट बोलौ, म बाहाना बनाउँन बिल्कुल नजान्ने थिए, कसरी दिने बिश्वास गरेर त्यत्रो दुइ लाख ?

‘भो हुन्दिनुस् पर्दैन । मैले पनि बुझ्न पर्ने हो भर्खर चिनजान भएको मान्छे सँग यतिका धेरै रकम माग्न नहुने थियो म अन्तै खोज्छु’, उसले फेरी पनि मरो मनोदशा बुझ्दै भनि।

एकछिन त निर्णय नै गर्न सकिन चिनजान केहि छैन कस्तो खालको केटी हो के उद्देश्यको लागि मागेकी हो कतै मसँग फेसबुकमा यहि पैसाको लागी सम्बन्ध जोडेकी त थिइन ? मनले धेरै कुरा सोच्यो, निचोड निकाल्न सकेन, दिउँ या नदिउँ ?

अनि फेरी उसको मसँग भेट भएदेखिको आनीबानी एकछिन केलाए, उ स्वार्थी छे जस्तो लागेन । मैले अनुरोध गर्दा पनि मसँगै होटलमा नबसेर आफ्नो कोठामा गइ, यदि उसको मनमा खोट भएको भए पैसाको लागी मसँग जे पनि गर्न तैयार हुन्थी होला ।

मैले पैसा दिने निर्णय गरे, फिर्ता दिइन भने क्यासिनोमा गएर जुवा खेलेको सम्झिनु पर्ला। मसँग अहिले छैन भोली बिहान बैंकबाट निकालेर दिन्छु भने।

भोलीपल्ट बैंक गएर पैसा निकालेर दिए अनि त्यहिबाट दुबैजना बसपार्क गयौँ। छुट्ने बेलामा मैले भने अब म एकैचोटी विदेश फर्कने दुइदिन अघि काठमाण्डौ आउँछु, त्यतिबेला फिर्ता गर्दा हुन्छ पैसा ।

‘फोनमा कुरागर्दै गरौला नि ल’ भनेर बिदा भए ।

गाउँ पुगेको एक- दुइदिन सम्म त मोबाइलमा कुराकानी हुन्थ्यो । तर पछि अचानक उसको मोबाइल बन्द छ । लगातार मोबाइल बन्द भएपछि फेसबुक खोलेर हेरेको ब्लक गरेकी र’छे ।

फेसबुकबाट चिनजान भएको सम्बन्ध पैसामा गएर टुँगियो ठाने । दुइ लाख क्यासिनो गएर जुवा खेलेर हारे भनेर चित्त बुझाउँदै जीवनमा गतिलो पाठ सिकियो भन्दै आफैलाइ सान्त्वना दिए ।

नेपाल बसाइ सक्किदै गयो। देश छोडेर जान मन नहुदाहुदै पनि जानै पर्ने बाध्यता । तिनदिन अघि घरबाट बिदा भएर काठमाडौँ हिडे ।

होटलको कोठामा एक्लै म्युजिक सुन्दै पल्टिरको थिए । नयाँ नम्बरबाट फोन आयो रिसिभ गरे पवित्राको फोन र’छ । उसले ‘हेल्लो’ भन्ने बित्तिकै स्वर चिनिहाले ।

‘रिसाउनु भयो होला तपाइ कता हुनुहुन्छ? अनि सन्चै हुनुहुन्छ नि? उसले सोधी । मलाइ रिस उठेको थियो बेस्सरी झपार्न मन थियो तर त्यसो गरिन । मैले ठिकै छु, तिम्रो के छ? हरायौ त तिमी कता थियौ यतिका दिनसम्म खोजखबर केहि गरिनौ? अनि मलाइ फेसबुकमा पनि ब्लक गरिछौँ प्रश्नै प्रश्न गरेँ।

म भोली बिहान तपाइलाई भेट्न आउछु अनि सबैकुरा भनौँला। कता हुनुहुन्छ भनेर सोधी । मैले होटलको ठेगाना बताइदिए ।

भोलिपल्ट बिहानै उ आइपुगि म बसेको कोठामै।

उसको अनुहारमा पश्चातापको भाव झल्किन्थ्यो पहिल्यै सरी ल मैले खबरै गरिन । त्यस्तै समस्यामा फसेकी थिए नजिकको आफन्तको मृत्यु भयो, अनि फेसबुक पनि ‘डियाक्टिभेट ‘ गरेकी थिए । तपाइलाइ ब्लक गरेको होइन । तपाइलाइ फिर्ता गर्ने पैसाको पनि व्यवस्था गर्न अलि गार्हो भयो। तनावमा थिए त्यसैले फोन गरिन ।

अनि पवित्राले ब्यागबाट दुइ बन्डेल पैसाको बिटो झिकि मलाइ दिदै ‘गन्न’ भनी । मैले पर्दैन गन्दिन, पैसा फिर्ता गर्यौँ धन्यबाद भने ।

उसलाइ के अफ्ठेरो परेको थियो पैसाको भनेर सोधे । अस्ट्रेलियाको स्टुडेन्ट भिषा लागेको र’छ । प्लेन टिकट र सपिँग चाडै गर्नुपर्ने र विदेशमा भएको दाइले पैसा पठाउन ढिलो हुनेभएकाले तपाइसग पैसा मागेको र दाइले अस्ति पैसा पठाइदिनु भयो भनि ।

झोलाबाट केहि कपडाहरु निकाली यो मैले तपाइलाइ विदेश लैजान किनिदिएको। केही खानेकुराको पोकाहरु र एउटा घडि निकालेर दिइ। मैले नाइ पर्दैन किन यत्रो दुख गरेकी भने ।

उसले किन दुख तपाइले मलाइ यत्रो विश्वास गर्नुभो । मैले दिएको चिज चाँहि तपाइले लिन नहुने भनेर प्रश्न गरी । खै हात दिनुस् भन्दै घडि उसैले बाधिदिइ अनि दुवैको सँगै एउटा सेल्फी खिचौँ भनि ।

मेरो भोलीको फ्लाइट। उ पनि अस्ट्रेलिया जानको लागी परिवार आफन्त सँग बिदाइको निम्ति भोलिपल्टनै गाउँ जाने र’छे । सायद यो हाम्रो अन्तिम भेट थियो । थाहा थिएन छोटो जीवनमा फेरी उसँग भेट होला कि नहोला ? अनी धेरै खुशी पनि लाग्यो , सोचे स्वार्थी दुनियामा एउटा असल साथी भेटेछु ।

हामीहरु छुट्टिन केहि समय मात्रै बाँकि थियो । उ अलिक भावुक देखिइ। एउटा असल साथीको नाता जिन्दगीभर नतोड्न आग्रह गरि र जिन्दगीको कुनै मोडमा अफ्ठेरो पर्दा सम्झिनु म सकेको सहयोग गर्छु भन्दै अंकमाल गर्दै गालामा चुम्बन गरेर भनि, ‘आइएम गोन अ मिस यु।’

मलाइ चाहि कताकता मनमा खल्लो लाग्यो । मैले कतिधेरै पटक उप्रति गलत सोच राखे। उसको नियत माथी शंका गरेकोमा पश्चाताप लाग्यो । अनि तिम्रो उज्जवल भबिस्यको कामना गर्छु पवित्रा। जीवनको हरेक मोड घुम्तिहरु सजिलै कटुन्। खुशीहरुले तिम्रो बाटो कहिल्यै नकाटुन्, सफलताको शिखर चुम्नु भने ।

छुटिने भइयो। विस यु ग्रेट फ्युचर एहेड डिएर भन्दै, तिमी साच्चिकै सफा मन भएकी इमान्दार केटी रछौ भन्दै बिदाइको हात हल्लाए ।

हाल: इजरायल