२० चैत, एजेन्सी ।

करिव १८ वर्षपछि पाकिस्तानमा जनगणना चलिरहेको छ । पाकिस्तानको बलुचिस्तानमा भइरहेको जनगणनाबाट एउटा यस्तो परिवार रहेको पत्ता लागेको छ कि, जसको ६ वटा श्रीमती र ५४ बालबच्चाको जन्म भएको छ ।

जसमध्ये १२ सन्तान मरिसकेका छन् भने ४२ सन्तान अझै जिवित छन् ।

बीबीसीका अनुसार ५० भन्दा बढि सन्तान जन्माएका ७० वर्षीय हाजी अव्दुल मजिद बलुचिस्तानको नुश्की जिल्लाका हुन् । मजिद पेशाले ड्राइभर हुन् । नुश्की जिल्ला क्वेटा शहरदेखि पुर्व १३० किलोमिटरको दुरीमा रहेको छ ।

६ विवाह गरेका मजिदका दुई पत्नीको मृत्यु भइसकेको छ भने अन्य चार उनीसंगै बस्छन् । उनका जिवित ४२ सन्तानमा २२ छोरा र २० छोरी हुन् । स्थानियले उनलाई सबैभन्दा बढि सन्तानका पिता भनेर चिन्दछन् ।

Advertisements