मानिसहरु प्राय रोग,भोक शोकलेनै ग्रसित छन । कारण फरक हुन सक्छ तर सबैमा एक न एक किसिमको पिडा छ । ईच्छा, चाहाना धेरै छन् तर प्राप्ती सोचे अनुरुप छैन । केही असफलता,केहि निराशा, केही सङघर्षबाट आत्तिएर आपनो सोचनै पबिर्तन गरीदीने नै हामीहरुको सबैभन्दा ठुलो कमजोरी रहेको छ । जब समस्यबाट मान्छे भागेर अन्यत्र जान्छ अनि त्यही अर्को समस्याले उसलाई पिरोल्न थाल्छ । जो समस्याबाट उसको जिन्दगीनै समस्यामा बित्छ र जो समस्याबाट भाग्दैन र सफलता प्राप्त गर्दछ उसले नै त्यो क्षेत्रको नेतृत्व गर्न सक्छ भनिन्छ नि मनले हारे हार हुन्छ मनले जिते जित । जब हामीमा समस्या आउँछ जिन्दगीमा अनि अशक्त बुढेसकालको जस्तो जिबननै भारी हुन्छ रातभरी निन्द्रा नपरेको आँखाजस्तो न देखेर रमाउन सक्छ न बिउँझेर । मानिसले आफना समस्या, पिडा तथा परिस्थितिहरु लाई हेर्नेको नजर फरक हुन्छ कोही त्यसलाई Problem focus को रुपमा मात्र हेर्छन भने कोही त्यसलाई Solution Focus को रुपमा हेर्छन । जो Solution Focus को रुपमा हरेक समस्या तथा परिस्थितिलाई हेर्छ उ सफल हुन्छ जसले हेरक समस्या तथा परिस्थितिलाई Problem Focus रुपमा हेर्छ उनीहरु समाधानमा पनि समस्या देखेर आफ्नो धर्म संस्कृति अनुशार बुद्धम शरणम् गच्छामी,ॐ नमः शिबाय,द ग्रेट इशु,अल्लाहु अकबर भनेर पुकार गरेर बस्छन् र जिन्दगीमा सोच अनुसारको परिबर्तन पनि पाउन सक्दैनन् । सफलता प्राप्त गर्न त्याग, तपस्या र मेहनत आवश्यक पर्छ त्यसैले यहाँ भगवान फेला पर्छन तर जिन्दगी फेला पर्दैन भनि निराश जिबन बिताई रहेका हामी कही कतै सम्भावना नदेख्नेका अगाडी सम्भावना र सफलताका कुरा गर्दा त्यहाँ पनि समस्या देख्ने रोगले ग्रसित भएका हामीलाई परिबर्तन र सफलता पाउन सजिलो हुदैन । कोमल दिल फुटाएर सफलता प्राप्त गर्न कहाँ सजिलो छ र तसर्थ जीवन थाक्नको लागी होईन समस्यालाई थकाई उसमाथी विजय प्राप्त गर्न हो । जीवनमा सफलता पाउन Need ले मात्र हुदैन Need सगंसगै Speed को पनि आवश्यक पर्छ । आउनुहोस Need लाई Speed मा बदल्न केही उदाहरणको बारेमा चर्चा गरौ ।

आफ्नो काम वा पेशामा हेलचक्रयाई नगर्नु ।
कुनै एउटा मानिस एउटा ठेकेदारकोमा लामो समयदेखि हेड मिस्त्रीको काम गर्दो रहेछ । उसको काम भनेको ठेकेदारले ठेक्कामा लिएको घर बनाई ठेकेदारलाई जिम्मा लगाउने थियो । उसले बनाएको घर सबै घरधनिले मन पराउँदा रहेछन र उसकै कारणले ठेकेदारले घर ठेक्का पाउने गर्दो रहेछ । त्यसरी नै उसको घर बनाउदा बनाउदै बर्षोै बितेछ अनि उसलाई त्यो काम प्रति बितृष्णा जागेछ र ठेकेदारलाई भनेछ अहिले सम्म मैले हजुरले भनेको ठाउँमा गई घर बनाई समयमा सम्पन्न गरि दिएको छु । अब म यहाँबाट हिड्छु दुनियाँको घर बनाए आजसम्म आफ्नो घर छैन भनेछ अनि ठेकेदारले सबै कुरा सुनिसकेपछि उसले अनुरोध गरेछ अब एउटा घर बनाईदेउ भनेपछि उसले हार्न सकेनछ र हुन्छ भनेछ र उसले मन नलागी नलागी अल्छि पाराले एउटा घर बनाएछ जुन घरमा गुणस्तरीय चिज भने केही पनि राखेनछ र उसले ठेकेदारलाई भन्यो मैले हजुरले भने अनुसार अन्तिम घर पनि बनाए अब म हिडछु भनेछ अनि ठेकेदारले उसलाई भन्यो तिमीले मलाई जिन्दगीमा धेरै गुन लगाायौ अब अन्तिममा तिमीले बनाएको घर म तिमीलाई नै गिफ्ट दिन चाहन्छु भनेछ अनि उ झसंग भएछ उसले त्यो घरमा प्रयोग गरेका सामानहरु कुनै पनि मापदण्ड पुरा गरेका थिएनन् अब ति सबैले मलाई सुख शान्ती सित बाँच्न दिदैनन् भनि उ बेस्सरी रोएछ तसर्थ गरेको कामलाई ध्यानपूर्बक सक्दो मेहनत लगाएर गर्नुहोस जसले न अरुलाई न आफुलाई पिरोल्छ ।

आफ्नो दुस्मन हटाउनुहोस ।
हो यो ससांर नै स्वार्थी छ प्राय जसो मानिसहरु आफ्नो दु.ख भन्दा पनि अर्काको सु.खमा बढि दु.खी हुने गर्दछ । यस्तै घर, समाजमा हामी हुर्कियौ यस्तै संस्कृतीले हामीलाई जिवन निर्वाह गर्न सिकाईरहेको छ र निर्वाह पनि गरिरहेका छौ । मानिस आफ्नो असफलता जे सुकै कारणले भए पनि हामी अर्कालाई दोष दिन्छौं । तर आज म यहाँ कुरा गर्दैछु सबैभन्दा ठुलो दुस्मन अरु कोही होईन स्वयं आफु नै हो ।

हामीलाई कसैले केही सोध्यो भने सजिलै बाहाना बनाई हाल्छौ । म त यस्तो ,मेरो आर्थिक अबस्था यस्तो, मेरो संगत यस्तो ,मेरो परिवार यस्तो,मेरा दाजुभाई यस्ता । आखिर यी सबैको बाबजुद कसैले केही प्राप्त गरेको छैन त ? अझ तल झरेर हेरौं तपाई मोटो भएर हैरान हुनुहुन्छ तपाईलाई दुब्लाउन कसले रोक्यो ? आज प्रत्येक आमा बाबुको आँखाबाट आँशु बगीरहेका छन आखिर ति आफ्ना आमा बाबुको आँशु रोक्न कसले रोक्यो ? तपाई आज झुट माथी झुट बोल्नुहुन्छ आखिर कसले रोक्यो साँचो बोल्न ? सोच्नुस एक छिन तपाईले दुस्मननै पालेको भए पनि तपाईलाई ढिला गर्न सक्छ तर रोक्न सक्तैन । याद गर्नुहोस खहरे खोला जती सुकै ठुला किन नहुन केही दिन पानी नपरे पछि आफै सुक्दै जान्छन र आफ्नो साईजमा आउछन । त्यसैले दुनियाँको कुनै पनि समस्याले तपाईको ईच्छा चाहानालार्ई रोक्न सक्तैन यदि रोक्यो भने त्यसको जिम्मेवार अरु कोही होईन स्वयं तपाई हो किनकी काम भन्दा बढि तपाई गफ गर्नुहुन्छ ,काम गरेर पसीना बगाउने ठाउँमा घरमा बसेर सपना देख्नुहुन्छ या सम्भावित जोखिम देखेर डराउनु हुन्छ । यदी यो संसारमा कसैलाई हराउनु पर्यो भने पहिला आफुलाई हराउनुस र कसैलाई जित्नु छ भने पहिला आफुलाई जित्नुहोस र आफनो दुस्मन हटाउनुहोस ।

कामलाई निरन्तरा दिनुहोस ।
अरुको केही नयाँ देख्नेसाथ वा सुन्नसाथ हामीलाई पनि गरौं गरौं जस्तो लाग्छ । जब केही गर्ने भनेर शुरु गर्दछौ अनि अल्छि लाग्छ र त्यसलाई छोडिदिन्छौं । चाहेर मात्र हुदैन चाहेको चिजलाई पुरा गर्न हामी लागि पर्नु पर्दछ जस्तो हामी शुरुमा गाडी चलाउन सिक्न जाँदा केही पनि आउदैन प्रशिक्षकले पटक पटक सिकाउछ तर पनि ब्रेक थिच्ने ठाउमा क्लज थिच्छौ गियर घटाउनु पर्ने मा बढन पुग्छ यहि कारणले तपाईले डोराउन पर्ने ठाउमा सम्पुर्ण बुद्धि तथा बल प्रयोग गर्दा पनि तपाईलाई उसले डोराउछ तो थाहा नभएर होईन त्यो बानी नभएर हो । जब यी कुराहरु पटक पटक गर्छो तब हामी सिकेर छाडछौ र सिके पश्चात हामी सजिलै एउटै हातले पनि चलाउन सक्छौ । केही दिन महिना अगाडीको त्यो गाडीले हामीलाई डोराउथ्यो आजै त्यही गाडीलाई हामी डोराएर हिडछौ यदि सुरुमानै क्लजको ठाउमा ब्रेक र ब्रेक ठाउमा क्लज थिचियो भनेर छोडेको भए आज हामी गाडी चलाउन सक्दैन्थ्यौ तसर्थ ईच्छा चाहाना पुरा गर्न ईच्छा चाहाना सगंसगै कडा मिहेनत पनि गर्नुपर्दछ ।

लोभ लालचमा नफस्नुहोस पाएको उपाधि पनि गुम्न सक्छ ।
मानिसलाई धन, इज्जत, प्रतिष्ठा लोभ लालच नहुने भन्ने त सोच्नै सकिदैन त्यही लोभ लालचले पाएको धन, प्रतिस्ठा सब गुम्न सक्छ । एक चोटी एउटा राज्यमा कुस्ती खेलको आयोजना गरिएको थियो जसले त्यो कुस्ती प्रतियोगिता जित्छ उसलाई १०,०००० पुरस्कारको घोषणा गरिएको थियो र त्यो राज्यका सब पहलमान हरु जम्मा भए र खेल सुरु गर्नुपुर्व त्यस राज्यका प्रमुखले जसले यो कुस्ती जित्छ उसलाई थप रु. ५००००० लाख दिने घोषणा गरे । त्यहाँ सबै पहलमानहरु आएका थिए कुस्ती प्रतियोगिता जित्नलाई तर ती मध्येमा एक जना बढा पहलमान पनि थिए उनका अगाडी कसैको केही चल्दैनथ्यो । गेम सुरु भयो सबैलाई एक एक गर्दे जित्दै ति पहलमान गए र अन्तिममा अरु कोही छ भने म सगं भिडन आउनु भने सबै चुप लागेर बसे र त्यही भिड मध्येमा एक जना पातलो लिखुरे मान्छे उठेर भने म छु तयार भने पछि सबै अचम्ममा परे त्यस पछि उ खेल्न पहलमान तिर अगाडी बढ्यो र पहलमान भएको ठाउँमा आईपुगेपछि पहलमानलाई खुसुक्क भन्यो । हेर पहलमान तिमीलाई सबैले चिनेका छन तिमी पहलमान हौ तिमीलाई कसैले जित्न सक्दैन ध्रुब सत्य हो कि तिमी कुस्ती खेलका बादशाह हौ अब तिमीलाई मतलब भनेको मात्रै पैशाको हो तिमी म सगं हारेमा तिमीलाई राज्यले दिने र राज्य प्रमुखले दिनेमा भोली थप पाचँ लाख थपेर दिन्छु अनि तिमीलाई बहादुरी सगंसगैं पैसै पैसा पनि हुन्छ बस आज म सँगै हारीदेउ भनेपछि पहलमानले थप पाँच लाख पाउने लोभमा त्यो गेम हारीदिन्छ र भोली पल्ट पैसा माग्न जान्छ र पातलो मान्छेले उसलाई भन्छ त्यो त गेम थियो मैले तिमीलाई जितेको हो किन पैसा दिने ? त्यसपछि पहलमानले भन्छ हिजो तिमीले म सगं हारीदेउ म तिमीलाई पुरस्कारमा थप तीन लाख थपेर दिन्छु भनेको होईन त्यसपछि पातलो मान्छेले भन्छ तिमीले अरु सगं खेल्दा जसरी तिमीले अरुको कमजोरी पत्ता लगाई सबलाई जितेका थियौ त्यसैगरि मैले पनि तिमीलाई जित्न तिम्रो कमजोरी पत्ता लगाई तिमी माथी मैले जित प्राप्त गरेको हो तसर्थ मैले तिमीलाई किन पैसा दिने भनेपछि पहलमान निराश भएर त्यहाबाट फिर्ता भयो ।

बैंकर
आर.आर हरिकृष्ण जोशी