१८ कात्तिक, काठमाडौं ।

मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले आफूले प्रतिबद्धता गरे बमोजिम संविधान संसोधन गरेर मानव अधिकारको रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा पत्र पठाएको छ ।

भारतसँग ओलीले निहुँ खोजेको भन्दै भारतीय मिडियामा हेडलाइन

एम्नेष्टीको दक्षिण एसिया रिसर्च डाइरेक्टर डेविड ग्रिथ्सको नाममा लेखिएको पत्रमा ओलीले यस अघि गरेको प्रतिबद्धता अनुसार संविधान संसोधन गरेर नागरिकको अधिकार रक्षा गर्न माग गरिएको छ ।

KP Oli Mic

नेपालको संविधानमा थुप्रै विषय राम्रा रहेको भन्दै प्रशंसा गरिएको उक्त पत्रमा तराइमा भएको आन्दोलनमा सुरक्षाकर्मीले अनावश्यकरुपमा अत्याधिक बल प्रयोग गरेको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।


amnestty international

संविधानमा महिला, दलित तथा जनजातीय समुदायको अधिकार रक्षाका लागि गरिएको ब्यवस्था स्पष्ट नरहेको भन्दै एम्नेष्टीले आदिवासी जनजाति समुदायले अस्वीकार गरेको संघीय ढाँचाबारे पुनर्विचार गर्न पनि घुमाउरो भाषामा आग्रह गरिएको छ ।

द हिन्दुको सम्पादकीयः- ओली सरकारले भारत विरोधी भावना बढायो

मानव अधिकारबारे आगामी ४ नोभेम्बरमा हुने आवधिक मूल्याङ्कनका क्रममा नेपालको विषय राख्ने जानकारी गराउँदै एम्नेष्टीले नागरिकको अधिकार रक्षाका लागि सरकारले संविधान संसोधनको प्रतिबद्धता लिएर प्रस्तुत हुन समेत सचेत तुल्याइएको छ ।