२४ असोज, काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटमा ताजिकिस्तानविरुद्ध अवे गेम खेलिरहेको नेपाल सुरुमै एक शून्यले पछि परेको छ ।

घरेलु मैदानमा २० मिनेट नबित्दै पाएको पेनाल्टी सदुपयोग गर्दै ताजिकिस्तानका कप्तानले गोल गरे । सुरुवातमै ताजिकिस्तानका दुई सशक्त प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले जोगाएका थिए ।

यसअघि घरेलु मैदानमा ताजिकिस्तानसँग नेपाल २–१ ले पराजित भएको थियो । एक अंकमात्रै रहेको नेपाल अंकतालिकाको पुच्छारमा छ भने नेपाललाई नै पराजित गर्दै ३ अंक जोडेको ताजिकिस्तान तेस्रो स्थानमा छ ।