२७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन नसकिएको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

सार्वजनिक विदा पुनरावलोकन गरिने

पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले पृथ्वी नारायणको योगदानलाई भुल्न नहुने बताए । आफू प्रधानमन्त्री हुँदा पनि माओवादीकै असहयोगका कारण विदाको निर्णय गर्न नसकेको पनि ओलीले खुलासा गरे । प्रधानमन्त्री प्रचण्डले हिजो चितवनमा आयोजित एक कार्यक्रममा पृथ्वीनारायण शाहले नै देश एकीकरण गरेको भन्दै पृथ्वी जयन्तीका दिन विदा दिने विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।

उनले अन्य दलसँग छलफल गरेर निर्णय गर्ने बताएपनि आज विदा दिने निर्णय गरेनन् । उनी नेतृत्वको सरकारले क्रिसमसको अवसरमा अघिल्लो दिन साँझ नै विज्ञप्ती निकालेर सार्वजनिक विदा दिएको थियो ।

Advertisements