१७ असोज, बीरगञ्ज ।

दभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अहिलेको सरकारले मधेस आन्दोलनलाई लावारिस छाडेर सत्ता र कुर्सीको खेलमा लागेको आरोप लगाएका छन् ।

बीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतोले राज्य अहिले पनि मधेस आन्दोलनको भावनालाई सम्बोधन गर्ने तर्फ कुनै संकेत नदेखाएको बरु सत्ता र कुर्सीको खेल अगाडी बढाउने संकेत चाही देखाएको भन्दै आपत्ति जनाए ।

Rajendra Mahato talking

सरकार सत्ता र कुर्सीको खेलमा नलागी यो मधेस आन्दोलनलाई सम्बोधन गर्नु पर्नेमा अब अर्को सरकार बनेपछि सम्बोधन गर्छु भन्नु यो सरासर बेइमानी हो, त्यसैले सरकारको खेलमा लाग्नुको साटो आन्दोलनलाई सम्बोधन गरेर सरकार बनाउने प्रकृयामा लागेको भए सबैलाई सहज हुने नेता महतोले बताए ।
मधेसी अधिकार खोस्ने खसबादीसंग पनि हामीले मिलेर बढो सदभावपूर्वक बसेको बताउदै नेता महतोले के.पी. ओलीलाई विकृत मानसिकता भएका नेताको सज्ञा दिए । ओली जस्ता बिकृत मानसिकता भएका नेतालाई यो कुरा बुझन महतोले आग्रह गरे । उनले हाम्रो आन्दोनल कुनै जाति बिशेष समुदायको विरुद्धमा नभएको पनि उनले बताए ।

शनिवार भारत सरकारको विदेश मन्त्रालयलाई उद्धृत गर्दै नेपालको सीमामा लागेको नाकाबन्दीलाई सहज बनाउने भनेर आएको समाचारलाई नेता महतोले खसबादी पहाडी सञ्चारमाध्यमको ठुलो षडयन्त्र भएको आरोप लगाए । उनले मधेसबादी दलले मधेसमा गरेको नाकाबन्दी खुला भयो, यो प्रायोजित, असत्य र भ्रामक हो भनेर बताए । उनले यो जबसम्म राज्यले सम्बोधन गर्दैन तबसम्म जारी नै रहन्छ भनेर महतोले बताए ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य नेजामुद्धि समानीको समेत उपस्थिती रहेको थियो । महतो पत्रकार सम्मेलन सकेर पून सीमामा नाकाबन्दी गर्न बीरगंज रक्सौलस्थित मितेरी पुल पुगेका छन् ।