१७ मंसिर, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको धार्मिक कुटनीति सहितको दिल्ली भ्रमण पनि असफल भएको छ ।

नाकाबन्दी खुलाउन धार्मिक कुटनीतिको माध्यमबाट दवाव दिने कमल थापाले दिल्लीमा उल्टै झपाराइ भेटे ।

विदेश मन्त्री सुष्मा स्वारजले नेपालका प्रधानमन्त्री देखि उपप्रधानमन्त्री सहितका अधिकारीहरुको बोली युद्धको बेला भन्दा पनि बढी भएको भन्दै कमल थापालाई कुटनीतिक मर्यादा स्मरण गराइन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले कमल थापालाई भेट्ने समय दिएनन् ।

Kamal thapa in Delhi

धर्म गुरु श्री रविशंकरसँग भेटेर बंगलोरबाट दिल्ली ट्रान्जिटमा समेत कुटनीतिक भेटघाट गरेका कमल थापाले अघिल्लो भ्रमणमा जस्तै भारतको पुरानै बोली र अझ आक्रामक प्रतिक्रिया बाहेक अरु केही पाएनन् ।

राष्ट्रसंघीय मानव अधिकार समितिमा भारत विरुद्ध आक्रामक प्रस्तुत भएका कमल थापालाई भारतीय अधिकारीहरुले राम्रैसँग पाठ सिकाएर पठाएको श्रोतले बताएको छ । भारत विरुद्ध उग्र कुरा गर्दैमा समाधान नहुने संन्देश दिल्लीले कमल थापालाई दिएको छ ।

कमल थापाको बोलिले भारत तरंगित, राष्ट्रसंघमै बदला लिन खोज्यो (भिडियो सहित)

प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलसँगको भेटपछि दिल्ली बसाइ लम्बाएका कमल थापा मोदी त्यसका लागि तयार नभएपछि काठमाडौं फर्किँदैछन् ।

उनी केही बेरमा काठमाडौं ओर्लिने जानकारी पराष्ट्र मन्त्रालयले दिएको छ ।