१ पुस, काठमाडौं ।
दिल्लीबाट फर्किएर अब नाकाबन्दी छिट्टै खुल्छ भन्दै परराष्ट्रमन्त्री कमल थापाले त्रिभुवन विमानस्थलमा हँसिलो मुहारमा प्रतिक्रिया दिएको एक महिना बित्दासमेत कुनै ठोस प्रगति भएन । त्यसबाट असन्तुष्ट भएका मन्त्री थापा आफ्ना पुराना च्यानल प्रयोग गर्दै फेरि धार्मिक यात्रा भन्दै भारत पुगेर आएपछि भने स्थिति केही सहज देखिएको छ ।

भारतले साथ छोडेपछि मधेश आन्दोलन विसर्जन तिर !

प्रकतिपयले मन्त्री थापाले भारत पुगेर सम्झौता गरेर आएको दाबी गरेका छन् भने कतिपयले अरू नै विषयमा थापाले वचन दिएको बताएका छन् । धानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमक्ष चारबुँदे ननपेपर पेस गरेको कुरा त सार्वजनिक नै भइसकेको छ । उक्त पत्रमा नयाँ कुरा केही नभएर प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पेस गरेकै कुराहरूको अंग्रेजी अनुवाद रहेको थाहा भएको छ ।

Kamal Thapa Tribhubhan Airport Returning Nepal (2)

फाइल तस्विर

तर, राप्रपा नेपालका अध्यक्ष थापासँग भारतीय पक्षले नयाँ कुरा गरेको र त्यसमा सहमति भएको उच्च स्रोतको भनाइ छ । उक्त स्रोतका अनुसार, कांग्रेसको महाधिवेशनसम्म सरकारमै रहने तर भारतीय पक्षले भनेको बेला प्रधानमन्त्री ओलीको साथ छोड्नुपर्ने सर्त भारतीय पक्षबाट आएको छ । स्रोतले भन्यो– ‘सायद त्यही कुरामा भारत आश्वस्त हुन चाहेको थियो । आफूले भनेको बेला सरकार ढलाउन र नयाँ सरकार बनाउन सकिन्छ कि सकिँदैन भन्ने दोधार थियो । थापाले त्यसमा वचन दिएका छन् ।’

दिल्लीबाट फर्केपछि ओली र कमल थापाको टकराव !

प्रधानमन्त्री निर्वाचित हुँदा ओलीले ३ सय ३८ मत ल्याएका थिए । जबकि, राष्ट्रपति निर्वाचनमा आउँदासम्म सत्तारुढ गठबन्धनको उक्त मत घटेर ३ सय २७ मा सीमित भइसकेको छ । कमल थापासँग मात्रै २५ मत छ भने विजय गच्छदारका १३ मत पनि दक्षिणबाट हावा बगेकै दिशामा बगिहाल्छन् भन्नेमा शंका छैन् । अनि सरकारमा उपप्रधानमन्त्रीसमेत माग गरेर मन्त्रीसम्म बन्न नपाएको राप्रपाका ११ मत पनि एमालेलाई भन्दा कांग्रेसका लागि सहज छन् । स्रोतले भन्यो– ‘कांग्रेसमा विवाद हुने होइन र सुशील कोइरालाको साटो शेरबहादुर देउवा उम्मेदवार बन्ने हो भने एक सातामै नयाँ सरकार बन्ने मत तयार भइसकेको छ ।’ तर, प्रधानमन्त्रीमा उम्मेदवार बनेर लज्जास्पद पराजय भोगेका कोइरालाले कुनै हालतमा देउवालाई नमान्ने भएका कारण नयाँ सरकारका लागि कांग्रेसको महाधिवेशनसम्म कुर्ने सोच देखिएको छ ।

नाकाबन्दीले विजोगः ढोकाबाट होइन झ्याल बाट चढ्नु पर्छ बस (भिडियो सहित)

बुधबार साप्ताहिबाट ।