२ साउन, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई एमाले उल्लेख गरेर विज्ञापन छापेको काँग्रेस कार्यकर्ताले एक पत्रिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

मोरङ उर्लाबारीको राष्ट्रिय समाचार पत्रको कार्यालयमा तालाबन्दी गरेका हुन् । पत्रिकामा प्रकाशित विज्ञापनमा कांग्रेसका तर्फबाट वडा नम्बर ७ बाट निर्वाचित वीरवल थापाको नामबाट छापिएको आभार व्यक्त विज्ञापनमा ‘एमालेबाट निर्वाचित म’ भन्ने उल्लेख छ ।

पत्रिकाका सम्पादक केदार चौहानले कांग्रेसबाट निर्वाचित हुनुपर्नेमा एमालेबाट निर्वाचित हुन गएको भन्दै गल्ती भएको स्वीकार गरे ।

Advertisements