प्रयास पराजुली
काठमाडौं । आन्तरिक विवादमा रुमलिएको कांग्रेसले असोज पहिलो साता महाधिवेशन गर्न नसक्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको साहरा लिने भएको छ । असोज पहिलो साता महाधिवेशन नगर्दा पार्टीको अस्तित्व नै समाप्त हुने भएपछि अन्तरिम संविधान संशोधन गरेर लोकतन्त्र बचाउने योजना कांग्रेसले बताएको छ ।

महाधिवेशनको मिति तोक्दै सादै आएको कांग्रेसले यस पटक भने महावधेशन गर्न संधिवान नै संशोधन गर्नुपर्ने अवस्थामा आइलागेको छ । पार्टीभित्रको आन्तरिक किचलोको कारण भातृ संगठनको निर्वाचन हुन नसकेको अवस्थामा महाधिवेशन नै प्रभावित हुने अवस्थामा कांग्रेसमा देखा परेको छ ।

congress ko samsadiya dalko netako election

कोइराला र देउवाको हानाथाप
पार्टीभित्र प्रधानमन्त्री समेत रहेका पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेर बहादुर देउवाबीच ६०÷४० को भागवण्डा रहदै आएको छ । महाधिवेनको क्रममा सक्रिय सदस्यको विवाद चर्को रुपमा देखा परेको छ छ भने संस्थापन र देउवाको दुई गुट केन्द्रदेखि गाउँसम्म फैलिएको छ । दुइ पटक सभापतिमा प्रतिस्पर्धा गरेका देउवा यस पटक आफू सभापति हुनेमा ढुक्क देखिन्छन । तर पार्टी सभापति कोइरालाले आफ्नो गुटभित्रको आन्तरिक सक्तिसन्तुलन नमिलेका कारण महाधिवेशनको मिति धकेल्दै आएका छन् ।

congress_ko_samsadiya_dalko_netako_election

संविधान जारी गर्ने चटारोका कारण कोइरालाले आफनो शक्ति सन्तुलन मिलाउन नसकेका छैनन् । महाधविशेनको लागि संविधान नै संशोधन गर्नुपर्ने प्रस्ताव संस्थापन पक्षले राखेपछि देउवा आगो भएका छन् । देउवाले कुनै पनि बहानामा महाधिवेशनको मिति सार्न नुहने पक्षमा उभिएको बताइएको छ । अहिले महाधिवेशन गर्दा देउवाको पक्षमा बलियो उपस्थिति हुने चर्चा कांग्रेसभित्र छ । कोइराला जसरी पनि अहिले देउवाको पक्षमा देखिएको महोल भत्काउन चाहन्छन ।

एमाले–एमाओवादी संशोधनको विपक्षमा
संविधानको मस्यौदाले देशभर आन्दोलन भइरहेको बेला कांग्रेसले संविधान संशोधन गर्न गरेको प्रस्ताव एमाले र एमाओवादीले अस्वीकार गर्ने बताएका छन् । अहिले देशमा देखिएको समस्या समाधान गर्नतिर भन्दा पनि त्यसलाई ओझेलमा पार्नको लागि काग्रेसको तयारी देखिन्छ एमाओवादीका एक नेताले भने,‘कांग्रेसको आन्तरिक मामिला होस चाहे महाधविशेन गरोस चाहे नगरोस यो हाम्रो टेन्सनको विषय भएन ।’ समयमा महाधिवेशन गर्न नसक्नु कांग्रेसकै कमजोरी हो, महाविधेशनको लागि संविधान संशोधन गर्ने प्रस्ताव हामी स्वीकार गदैनौ, उनले भने । एमालेले पनि समय छउन्जेल केही पनि नगर्ने समय सकिएपछि संविधान संशोधन गर्ने काममा आफूहरुको समर्थन नहुने बताएको छ । एमाले एक स्थायी समिति सदस्यले भने,‘कांग्रेसजस्तो लोकतन्त्रको कुरा गर्ने पार्टीले अहिले आएर संविधान संशोधन गर्ने प्रस्तावलाई हामी किन मान्ने ? यो कांग्रेसको महाविधेशन हो, संविधानसभाको निर्वाचन होइन, उनले भने ।

Prachanda oli

पार्टीको महाधिवेशन गर्न अरुकै भर
पार्टीको महाधिवेशन समयमा गर्न नसकेपछि एमाले र एमाओवादीको साहरा निलुपर्ने निश्चित छ । तर अब अन्तरिम संविधान नै संशोधन गर्नुपर्ने झण्डटलाई दुई दलले सहज रुपमा नलिने बताइसकेका छन् । पार्टीभित्रको किचललोले गर्दा महाधिवेशन गर्नको लागि पनि अन्य पार्टीको सहारा लिनुपर्ने अवस्थामा पुगेको छ । संविधानको मस्यौदाप्रतिको विवादलको कारण नागरिक र सुरक्षाकर्मीले ज्यान गुमाउंदा समेत कांग्रेस अहिले देखिएको समस्या समाधान गर्नको लागि गम्भीर देखिएको छैन । वार्ताको लागि केही पार्टीहरुको लागि आह्वान गरेपनि सार्थक वार्ता गर्ने रणनीतिमा कांग्रेस देखिएको छैन् । कांग्रेसलाई अहिले महाधिवेशन गर्दा संविधान निर्माणको काममा बाधा पुग्ने निष्कर्ष निकाल्दै पछि धकेल्ने खेलमा लागेको बताइएको छ । यो रणनीतिसँगै कांग्रेसले सरकारको आयु पनि लम्ब्याउने विषयमा आन्तरिक छलफल गरेको एक नेताले बताए ।

congress tea party

छ महिना सार्ने तयारी
आगामी असोज पहिलो साता पनि महाधिवेशन नगर्ने हो भने पार्टीको वैधानिक अस्थित्व समाप्त हुने भएकाले संविधान संशोधनको लागि अन्य दललाई मनाउने तयारी कांग्रेसले गरेको छ । कांग्रेस केन्द्रीय कार्य समितिकाबैठकमा असोज पहिलो साता महाधिवेशन गर्ने सम्भावना सकिएको निष्कर्ष निकाल्दै संविधान संशोधन गर्ने बाटोमा अगाडि तयारी गरेको छ । संविधान जारी गर्ने काममा लाग्दा महाधिवेशन असो पहिलो साता हुन नसकने भएकाले अन्तरिम संधिवानमा संशोधन गरेर महाधिवेशन ६ महिनापछि लैजाने तयारी अनुसार संधिवान संशोधन गर्ने योजना कोइरालाको छ । संविधानत प्रत्येक राजीतिक दलले पाँच बर्षभित्र महाधिवेशन नगरे त्यो दलको निर्वाचन आयोगको दर्ता खोजर हुने प्रावधान छ ।