५ असार, बाँके ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले माओवादी र काँग्रेसबीच देशलाई वर्वाद बनाउने अपवित्र गठबन्धन भएको आरोप लगाएका छन् । उनले एमाले र माओवादीको ६० प्रतिशत विचार मिल्ने बताए ।

गौतमले विचार र सिद्धान्त नमिल्ने नेपाली काँग्रेस र माओवादीले आफ्नो विचार परिवर्तन गर्नु पर्ने बताए । प्रेस चौतारी बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले भने, ‘दुई पार्टीबीच अवाञ्छित, अपवित्र र अनुचित गठन्धन भएको छ, काँग्रेस र माओवादीको विचार मिल्नलाई दुबै पार्टीले घोषणा गर्नुपर्छ ।’

उनले अब नेपाली काँग्रेस र एमालेको विचार मूख्य प्रतिस्पर्धा हुने उल्लेख गर्दै जनतालाई एमालेको विचार स्थापित गराउनु पर्ने धारणा राखे । उनले भने, ‘देशैभर एमालेको पक्षमा जनलहर बढेको छ प्रदेश नं. २ जहाँ एमालेलाई सबै मिलेर हराउने प्रयास गरिएको छ त्यहाँ ५० प्रतिशत जित्ने छ ।’

उपाध्यक्ष गौतमले जनता एमालेलाई छिटो शासन सत्ता सुम्पिनलाई आतुर भएको दावी गरे । सरकारवादी दलहरुले आफू निर्वाचनमा पराजित हुने डरले तीन चरणमा निर्वाचन गराएका आरोप लगाए ।

Advertisements