४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेका उमेद्बार २४ सय २० मतले अगाडि छन् ।

ताजा परिणाम अनुसार एमाले उमेद्बार विद्या सुन्दर शाक्यल ६५ सय ६२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेस उमेद्बार राजुराज जोशीको ४१ सय ४२ मत छ । विवेकशील पार्टीकी रञ्जु दर्शना २७ सय २७ मतसहित तेस्रो सथानमा छिन् भने चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १९ सय ८५ मत ल्याएका छन् ।

उपप्रमुख पदमा काँग्रेसले ५६ सय ३४ मतसहित अग्रता लिएको छ भने राप्रपा ३६ सय ९४ मतसहित दोस्रो स्थानमा छन् ।

Advertisements