२ जेठ, काठमाडौं ।
काठमाडौं, ललितपुर र पोखराको लेखनाथ महानगरपालिकामा आफ्नो दलले जित्ने दाबी गरे पनि कांग्रेस यी तीनवटैमा मतगणनामा पछि परेपछि कांग्रेसका नेताको अनुमान गलत सावित हुने हो की भन्नेतर्फ अघि बढ्दै गएको छ । महानगरमा जित्न झण्डै ३५ हजार बढी मत ल्याउनुपर्ने हुँदा अहिले नै थोरै मतअन्तको नतिजामा आत्तिनुपर्ने अवस्था नभए पनि कांग्रेसका नेताहरुले एमाले चारवटै महानगरमा हावी हुने की भन्ने चिन्तामा पुगेका छन् ।

‘हामीले काठमाडौं, ललितपुर र पोखरा जित्ने अनुमान गरेका थियौं । अहिले प्रारम्भमा पछि परेका छौं’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘काठमाडौंमा तीव्र प्रतिस्पर्धा हुन्छ तर, अझै पनि ललितपुर र पोखरामा जित्छौं भन्ने विश्वास छ ।’

चितवनको भरतपुरमा भने एमालेसँग प्रतिस्पर्धा हुने ती नेता बताउँछन् । भरतपुरमा कांग्रेस र माओवादी गठबन्धनको उम्मेदवारको रुपमा प्रमुखमा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल उम्मेदवार छिन् । तर, मतगणनामा उनलाई एमालेका देवी ज्ञवालीले पछि पारिरहेको अवस्था छ ।

पोखरामा पनि कांग्रेस र माओवादीको संयुक्त प्रमुखका उम्मेवदार राजजी कुवँर एमालेका रामजी जिसीभन्दा २ मतले अघि छन् ।

ललितपुरमा त झन् एमाले उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले कांग्रेसका चिरिबाबु महर्जनलाई ८ सयको अग्रताले पछि पारेका छन् ।

काठमाडौं महानगरमा नविन्द्रराज जोशीका दाइ राजुराज जोशीलाई प्रमुखमा उठाए पनि उनलाई रविन्द्र मिश्रको साझा पार्टीका उम्मेदवार किशोर थापाले समेत पछि पारेका छन् ।

Advertisements