१४ साउन, काठमाडौँ ।

प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि कसैको धर्म जबर्जस्ती परिवर्तन गराउन नहुने बताएका छन् ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको विभिन्न मागसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताका सम्बन्धमा जनताबाट विभिन्न रायसुझाव आएकाले बीचको बाटो अपनाउँदा उचित हुने बताए ।

प्रधानमन्त्री कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामाथि रहेका कमीकमजोरी सच्याई सबैका भावना समेटेर संविधान जारी गरिने विश्वास दिलाए ।

christian mahasangh

समयमै संविधान जारी गर्न नसकिए मुलुक ठूलो दुर्घटनामा पर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानको प्रक्रिया र संविधानसभा बाहिर रहेका दललाई पनि सहमतिमा ल्याउन आफूले प्रयास गरिरहेको जानकारी गराए ।

सो अवसरमा ख्रीष्टियन महासङ्घले धर्मनिरपेक्षबाट मुलुक पछाडि फर्कन नहुने तथा विगतमा सरकार र महासङ्घबीच भएका लिखित सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरेको थियो । रासस