१४ साउन, काठमाडौं ।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुने कि संसदीय ब्यवस्थानै कायम रहने भनेर बहस चलिरहेको समयमा पार्टी लाइन विपरित प्रत्यक्ष निर्वाचित शासकीय प्रणालीको पक्षमा उँभिएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रत्यक्ष निर्वाचितको पक्षमा तर्क भाग २ प्रस्तुत गरेका छन् ।

२ दिन अघि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नोट प्रकाशित गरेका गगन थापाले त्यसको भाग २ भन्दै अर्को नोट प्रकाशित गरेका हुन् ।

Gagan-Thapa

यस अघि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबीच द्वन्द हुन नदिन तर्क पेश गरेका गगनले ‘कस्तो हुनेछ हामीले खोजेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली? – भाग २’ शीर्षकमा प्रकाशित गरेको नोटमा प्रत्यक्ष निर्वाचित कार्यकारीलाई निरङ्कुश हुनबाट के ले रोक्छ? भन्ने प्रश्नको जवाफ दिने कोशिस गरेका छन् ।

गगन थापाको भनाइमा कार्यकारिणीलाई निरङ्कुश बन्नबाट यी कुराले रोक्नेछ:

१. कानुन निर्माण संसदबाट मात्र हुन सक्ने| अध्यादेश राष्ट्रपतिमार्फत जारी हुनुपर्ने र अध्यादेश जारि गर्ने अवस्था एकदम सिमित हुने,

२. महत्वपूर्ण संवैधानिक निकाय जस्तो की अदालत, निर्वाचन आयोग आदिमा कार्यकारिणीको प्रभाव नरहने,

३. उच्च सैनिक नेतृत्वको नियुक्ति र सेना परिचालनमा राष्ट्रपति र संसदको भूमिका रहने ।

कांग्रेसको अस्वीकृतिपछि एमालेले पनि यो मुद्धालाई मुख्य विषय नबनाउने र विवाद नगर्ने भनेर थाती राख्ने संकेत गरिसकेको छ । एमाले भित्र पनि पार्टीले चुनावी घोषणा पत्रमा नै लेखिएको विषयलाई जनताको मत प्राप्त हुँदा समेत छोडेको भनेर पार्टीको आलोचना भएको छ ।

baburam thanks gagan

एमाओवादी नेता बाबुराम भट्टराईले गगन थापालाई यसरी धन्यवाद दिएका थिए

गगन थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि ४ वर्ष र संबैधानिक राष्ट्रपतिका लागि ६ वर्षको कार्यकाल तोकेका छन् । यसले गर्दा शक्ति केन्द्रका लागि भिडन्त नहुने उनको तर्क छ । उनका अनुसार एकै व्यक्ति अधिकतम दुई कार्यकाल मात्र प्रधानमन्त्री हुन योग्य हुनेछ भने एकै व्यक्ति एक कार्यकाल मात्र राष्ट्रपति हुन योग्य हुनेछ।

केही दिन अघि सम्पन्न संविधानको मस्यौदामाथिको जनमत संकलनमा अधिकाँश जनता प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुनु पर्ने पक्षमा देखिएपछि पार्टीहरु भित्र समेत यस विषयमा विवाद चलिरहेको छ । शासकीय स्वरुपमा कार्यकारी राष्ट्रपति हुनु पर्ने अडान लिएको एमाओवादीले मिश्रित मोडलमा नोट अफ डिसेन्ट लेखेको थियो ।

gagan thapa on elected president

जनमत संकलनपछि एमाओवादी र एमालेले यसको विषयमा छलफल चलाउन चाहेपनि कांग्रेसले भने ठाडै अस्वीकार गरिदिएको छ । तर नेपाली काँग्रेसकै युवा नेता एवं सभाषद गगन थापा भने पार्टीभित्र विद्रोह गर्दै निर्वाचित कार्यकारीको पक्षमा वकालत गरिरहेका छन् ।

यो पनि हेर्नुस्

एमाले प्रत्यक्ष कार्यकारीको अडानबाट किन पछि हट्यो ?

कांग्रेसले भन्यो, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जान सकिन्न’

प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा बाबुराम (पूर्णपाठसहित)