घाँस काट्न रूखमा चढेकी महिलाको लडेर मृत्यु

२८ पुस, रुकुम । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ ।

रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएकी थिइन ।

उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उनको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उनले बताए ।

Comments