बलिउडमा कलाकारको करिअर कहिले उचाइमा पुग्छ एकिन गर्न सकिन्न। कोही एउटै फिल्ममा सुपरहिट बन्छन् भने कोही दर्जनौ फिल्म खेलिसक्दा पनि गुपनाम रहन्छन। केही नायिका यस्ता पनि छन् जसले बलिउडमा एकाएक चर्चा पाए, अनि चाडै नै हराए।

ग्रेसी सिंह

‘लगान’बाट आफ्नो करिअर सुरु गरेकी ग्रेसी सिंहले बलिउडमा राम्रो नाम कमाइन। त्यसपछि ‘मुन्ना भाइ एमबीबीएस’ जस्तो सुपरहिट फिल्ममा काम गरिन। अन्य फिल्महुरुमा पनि अभिनय गरिन। अन्तिम पटक उनलाइ एउटा टिभी शो ‘सन्तोषी मां’मा देखिएको थियो। ग्रेसी अब लाइमलाइटबाट टाढा छिन, वैवाहिक जीवनमा सुखमा जीवन व्यतित गर्दैछिन्।

रिमी सेन

सन् २००० को दशकको चर्चित अनुहार हो रिमी सेन। उनले सन् २००३ को कमेडी फिल्म ‘हंगामा’ बाट करिअरको सुरुवात गरेकी थिइन। त्यसपछि २००४ मा ‘धुम’ र २००५ को ‘गरम मसाला’ले उनलाई थप चर्चित बनायो। सलमान खानसंग ‘क्योंकि’मा काम गरिन। तापनि उनले आफ्नो चर्चा कायम राख्न सकिनन्। रिमी अन्तिम पटक रियालिटी शो ‘बिग बोस’ को सिजन ९ मा देखा परेकी थिइन।

इशा देवल

हेमा मालिनीकी ठूलो छोरी इशाले निकै आशा राखेर बलिउडमा कदम राखेकी थिइन। सन् २००२ मा ‘कोइ मेरे दिल से पूछे’ उनको पहिलो फिल्म थियो। यसमा उनले ‘बेस्ट फिमेल डेब्यु’को फिल्मफेयर अवार्ड पाइन। पछि थुप्रै फिल्महरुमा उनको अभिनय रह्यो। तर यी नायिका अहिले गुमनाम छिन्।

आयशा टाकिया

सन् २००४ मा आयशाले ‘टार्जन द वन्डर कार’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। सन् २००९ मा सलमानसंग खेलेको फिल्म ‘वान्टेड’ उनको करिअरको सबैभन्दा हिट फिल्म थियो। यो भन्दा अघि सन् २००६ को ‘डोर’मा उनको अभिनयको निकै तारिफ भयो। तर यो सफलता उनले अहिलेसम्म कायम राख्न सकिनन्।

लारा दत्त

भारतकी पूर्व मिस यूनिभर्स लाराले बलिउडलइ केही हिट फिल्म दिएकी छिन्। उनको पहिलो फिल्म सन् २००३ मा आएको ‘अंदाज’ हो। सुन्दरता र प्रतिभाकी संजोजनको रुपमा लिइन्थ्यो उनलाई, अहिले उनी गुमनाम छिन्।

सेलिना जेट्ली

सेलिनाले फिरोज खानको फिल्म ‘जानशीन’ बाट करिअर सुरु गरेकी थिइन। त्यसपछि ‘शकलका बुम बुम’, ‘अपना सपना मनी मनी’ जस्ता मल्टी स्टार फिल्ममा उनले अभिनय गरिन। मिस इन्डियाकी यी पूर्व सहभागी नायिकाले बलिउडमा प्रभाव भने छोड्न सकिनन्। उनले दुबइ स्थित होटल व्यवसाती पीटर हागसंग विवाह गरेपछि बलिउड छोडिदिइन।

अमिषा पटेल

सन् २००० मा ‘कहो ना…प्यार हे’मा ऋतिक रोशनसंग शानदार सुरु गर्ने अमिषाको राम्रो भविष्य देखिएको थियो। तर एकपछि अर्को फ्लप फिल्म दिएपछि उनको चर्चा गायब भयो। उनको अन्तिम फिल्म सन् २०१३ को ‘शर्टकट रोमियो’ले बलिउडमा कुनै जादु चलाउन सकेनन्।

महिमा चौधरी

परदेश (१९९७), धड्कन (२०००) र ‘लज्जा’ (२००१) जस्ता फिल्ममा काम गरेर पनि महिमा आफ्नो उचाइ स्थापित गर्न सकिनन्। उनले बलिउडमा लगभग सबै ठूला नायकहरुसंग काम गरिन्, तर उनलाई उनको करिअरमा यसले काम दिएन। उनी अहिले गुमनाम छिन्।