काठमाडौं ।
भारतले नाकाबन्दी खोल्ने संकेत नदेखाएपछि नेपाल सरकारले चीनबाट बैकल्पिक इन्धनको आपुर्ति प्रक्रिया अघि बढाएको छ । एमाओवादीका नेताहरुको पहलमा आपुर्ति मन्त्रालयले चीनसँग इन्धन आपुर्तिका लागि आग्रह गरेपछि अव सरकारी तहमै चीनबाट इन्धन आउने पक्रिया अघी बढेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यममार्फत शनिबारै चीनलाई औपचारिक पत्र पठाएको छ । पत्र सोमबार चीनको वाणिज्य मन्त्रालयमा पुगेलगत्तै कारबाही प्रक्रिया अघि बढ्ने छ । चीनबाट इन्धन ल्याउने प्रक्रिया औपचारिकरुपमा नै अघी बढेपछि भारतीय मिडियामा तरंग देखिएको छ । भारतले आघोषित नाकाबन्दी लादेपछि चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नेपालसँगका सीमावर्ती चिनियाँ नाका खुल्दा पनि भारतीय मिडियामा विभिन्न हेडलाइन बनेका थिए ।

Indian Media raction on China Oil supply to Nepal 4




टाइम्स अफ इण्डियाले नेपालमा चाडबाड चलिरहेको समयमा चीनले १००० टन इन्धन अनुदानस्वरुप आपुर्ति गर्न लागेको समाचार प्रकाशित गरेको छ । यो निर्णयसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य भएको भन्दै उक्त फिचरमा तराइ आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको उल्लेख छ । टाइम्स अफ इण्डियाले चीनबाट इन्धन ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको पहलमा काम अघि बढिरहेको भनेको छ । परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्किएपछि नेपालले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेको भनिएको छ ।

Indian Media raction on China Oil supply to Nepal 1

ओली र प्रचण्डले चिनियाँ राजदुतलाई फरक फरक भेट गरेर इन्धन आपुर्तिका लागि आग्रह गरेको र एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हालैको चीन भ्रमणमा यसका लागि कुराकानी गरेको समेत लेखेको छ ।

कमल थापा दिल्लीमा, भारतीय मिडिया भन्न थाले ‘नेपाल झुक्यो’

नेपालका निजी कम्पनीले समेत चीनबाट इन्धन आयात गर्ने अनुमति पाएको विषयलाई पनि भारतीय मिडियाले हेडलाइन बनाएका छन् ।

गल्फ टाइम्सले समेत नेपालले चीनबाट इन्धन ल्याउन लागेको विषयलाई हेडलाइन समाचार बनाएको छ । चीनले नेपाललाई चाहिएको सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै गल्फ न्यूजले भारतसँगको एकलौटी निर्भरताले नेपाल चरम संकटमा परेको उल्लेख गरेको छ । मधेशका आन्दोलनकारीले भारतबाट आएका गाडी जलाएको समेत उल्लेख गरेको छ ।

Indian Media raction on China Oil supply to Nepal 5

इण्डियन एक्सप्रेसले ओली नेतृत्वको सरकारले चीनसँगको सीमा क्षेत्रमा रहेको अवरोध तोडेको र भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रसंघमा समेत उजुरी गरेको समाचार हेडलाइन बनाएको छ । नेपालमा भारतीय च्यानल नेपालमा बन्द गरिएको कुरा समेत समाचारमा उल्लेख गरेको छ ।

Indian Media raction on China Oil supply to Nepal 2

एनडीटिभीले मधेशी आन्दोलन कायम रहेको र भारतीय नाकाबन्दी चलिरहेको समयमा चीनले नेपाललाई इन्धन दिन लागेको लेखेको छ । नेपालले चीनबाट खाना पकाउने ग्यास ल्याउन विभिन्न एजेन्सीलाई परिचालन गरिरहेको समेत समाचारमा जनाएको छ । नेपाल सरकारले चीनबाट इन्धन ल्याउन नेपाली कम्पनीहरुलाई समेत अनुमति दिइसकेको कुरा पनि यसमा उल्लेख छ ।

Indian Media raction on China Oil supply to Nepal 3