चीनो साङ्घाइमा बन्दै गरेको डिज्नेको पहिलो थिम पार्कले सर्वसाधारणको लागि खुल्नु अगावै निकै चर्चा बटुलेको छ। आगामी जुन १६ मा सर्वसाधरणको लागि खुला गरिने यो थिम पार्कले रेकर्ड तोड्ने अनुमान गरिएको छ। खुला गरिएको दोस्रो दिन मै करिब ३०,००० लाई पार्कमा स्वागत गर्ने तयारीमा छ।china disenyland opens in june 363712

९६३ एकडमा फैलिएको यो पार्क बनाउन पाँच वर्षमा ५.५ मिलियन डलर खर्च भएको छ। यो डिज्नेल्याण्ड विश्वमा डिज्नेको छेटौँ पार्क हो। चीनको परम्परागत संस्कृतिलाई समेत टेवा पुर्याउन प्रतिबद्ध हुदै डिज्नेले यसको निर्माण थालेको थियो।china disenyland opens in june 24617712

यो डिज्नेल्याण्डलाई विभिन्न थिममा बाँडिएको छ। टुमरोल्याण्ड, द इन्च्यान्टेड स्टोरीबुक क्यासल, फेन्टासिल्याण्ड, द गार्डेन अफ इमाजिनेसन, द ट्रेजर कोभ, एड्भेन्चर आएल, मिक्कि एभिन्यु र डिज्नीटाउन गरि फरक फरक भागमा बाँडिएको छ।china disenyland opens in june 61481312

तस्बिरमा टुमारोल्याण्डको एक भाग देख्न सकिन्छ। डिज्नेको स्टार वार्स लञ्च बे, बज लाइटइअर प्लानेट रेस्क्यु आदीलाई यो क्षेत्रमा दख्न सकिन्छ। द ट्रेजर कोभ, पहिलो पटक डिज्नेको फिल्म पाइरेट्स अफ क्यारेबियनका लागि भनि बनाइएको छ।

थप तस्बिर:

china disenyland opens in june 71890012 china disenyland opens in june 82386212 china disenyland opens in june 93180412