९ चैत, काठमाडौं ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनसँग भएको सडक तथा पारबहन सहितका विभिन्न सम्झौताबारे भारतले मुख खोलेको छ ।

भारतीय विदेशमन्त्रालयले भारत र नेपालबीचको सम्बन्ध अन्य देशसँग तुलनै हुन नसक्ने भन्दै नेपालले कुनै मुलुकसँग पनि पारवहन समझदारी गर्न सक्ने भएपनि अहिले भारतसँग अन्य देशसँगका सम्झौताको तुलना हुन नसक्ने जनाएको छ ।

vikash swarup

भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकाश स्वरुपले ‌ओलीको भारत भ्रमणले नेपाल भारत सम्बन्धको स्तर प्रष्ट पारिसकेको भन्दै नेपाल र भारतबीच जनस्तरमा सांस्कृतिक सम्बन्ध रहेको र यो सम्बन्ध तुलना गर्न नमिल्ने बताए । ्

१ दिन अघि मात्र ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङ्को उपस्थितिमा भएका केरूङ काठमाडौं तथा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन लाइन निर्माण, माथिल्लो अरूण परियोजनाको निर्माणलगायतका विषयमा सम्झौता भएको थियो ।

चिनियाँ राष्ट्रपतिको सन्देश- आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गर्दैनौं

चीनले नेपाललाई दिएको दिएको सबैभन्दा ठूलो उपहारः नाकाबन्दीमा पनि असर नगर्ने

नेपाल र चीनबीच यातायात पारवहन सम्झौता सहित स्वतन्त्र व्यापार सम्झौता पनि भएको छ । त्यस्तै चीनले नेपाललाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । पोखरामा निर्माण हुन लागेको विमानस्थलका लागि चीनसँग ऋण सम्झौता पनि भएको छ ।

भारतले भने नेपालसँग कायम रहीआएको आफ्नो ऐतिहासिक र जनस्तरको सम्बन्धका अगाडि अरु कुनै देशसँगको सम्बन्ध वा समझदारीलाई तुलना गर्नै नमिल्ने बताएको छ ।

प्रधानमन्त्री ओलीले चीनको सीमा सम्म रेल ल्याएर नेपालसँग जोड्न र नेपालको आन्तरिक रेल सञ्जालका लागि समेत ओलीले चीनलाई आग्रह गरेका छन् ।

ओलीले चीनसँग राखे भारतको टाउको दुख्ने प्रस्ताव

बेइजिङको सन्देशः ओलीको चीन भ्रमणः भारत भ्रमण भन्दा एक कदम अगाडी

चिनियाँ समकक्षी लि खच्याङसँगको भेटमा ओलीले उनले चीनसँग नेपाल र चीनबीचको रेलमार्ग र नेपाल भित्रै पनि रेलमार्ग विस्तारका लागि आग्रह गरेका हुन् ।

ओलीले राखेको प्रस्ताव स्वीकृत भएमा नेपालको रुप रेखा बदलिने मात्र होइन भारत र चीनबीच नेपालीमा रेल क्षेत्रमा लगानी गर्न हानाथाप हुने अवस्था समेत आउने देखिएको छ ।