२८ पुस, एजेन्सी ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा बोलेका कुरा पुरा गर्ने बताएका छन् । उनले मेक्सिकोको सीमामा पर्खाल लगाउने र ओवामा केयर खारेज गर्ने कुरा दोहोर्याएका छन् । donald-tramp

निर्वाचनपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफूले चुनावी वाचा नभूलेको बताएका छन् । उनले मेक्सिकोको सीमामा पर्खाल लगाउने बताउँदै भने ‘यहाँ पर्खाल लगाइन्छ र यसको खर्च मेक्सिकोले व्यहोर्छ ।’ ट्रम्पले पर्खाल लगाएको रकम मेक्सिकोसंग ‘कर’ को रुपमा असुल गनेृ बताएका हुन् ।

उनले राष्ट्रपति वाराक ओवामाले ल्याएको स्वास्थ्य नीतिमा परिवर्तन गर्ने घोषणा पनि गरेका छन् । ट्रम्पले ‘आवामा केयर’ खारेज गर्ने बताएका छन् । उनले आफ्नो व्यापार, व्यवसाय आफ्ना दुई छोरालाई सुम्पेको घोषणा गरेका छन् ।

ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि गरेको पहिलो पत्रकार सम्मेलनमा अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै रोजगारीको श्रृजना गरिने दावी गरे । उनले आफ्नो कार्यकाल सम्झन लायक हुने बताउँदै यो समयमा अमेरिका संसारकै सबैभन्दा धेरै रोजगारी श्रृजना गर्ने देश बन्ने घोषणा गरे । देश वाहिर रोजगारी पठाउने कंपनीहरूमाथि अत्याधिक ‘कर’ लगाउने उनले बताए ।

पत्रकार सम्मेलनमा ट्रम्प दोश्रो कार्यकाल पनि आफू निर्वाचित हुनेमा विश्वस्त देखिए । छोराहरूलाई व्यवसाय जिम्मा लगाएको घोषणा गर्दै उनले भने ‘म ८ वर्षपछि फर्कदा उनीहरूलाई राम्रो काम गरेकामा धन्यवाद भन्न पाउनेछु ।’

Advertisements