७ भदौ, काठमाडौं । झापामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । मेची नगरनगरपालिका–१० स्थित खयरडाँगीका टिकाराम रपालका २ वर्षीय छोरा जोनाको छतबाट खसेर मृत्यु भएको हो ।

उनी खेल्दै गर्दा आफ्नै घरको छतबाट खसेका थिए । छतबाट खसेर गम्भीर घाईते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।