२६ असार, झापा ।

असार १४ गते भएको दोस्रो चरणको चुनाव अन्र्तगत झापाको अर्जुनधारा नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा एमालले जितेको छ । प्रमुखमा एमालेका उम्मेद्वार हरिकुमार राना र उपप्रमुख कमला आचार्य विजयी भएका हुन । राना १३ हजार ८ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे ।

उप प्रमुखमा आचार्य १२ हजार ८ सय ३१ मत ल्याई विजयी हुदाँ निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती सिटौलाले १० हजार ५ सय ७९ मत ल्याइन् । यसअघि हिजो बेलुकी घोषित कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि प्रमुख उपप्रमुख दुबैमा एमाले उमेद्बार बिजयी भएका थिए ।

दोस्रो चरणमा चुनाव भएका ३ सय ३४ मध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ पनि प्रमुख र उपप्रमुख दुबै पदमा एमालेको अग्रता कायमै छ ।