२४ असोज, काठमाडौं । एएफसी एसियन कप फुटबलको छनौट चरण अन्तर्गत ताजिकिस्तानसँग नेपाल ३–० ले पराजित भएको छ ।

आज भएको खेलमा घरेलु मैदानमा ताजिकिस्तानले तीनवटै गोल पेनाल्टीमा गर्यो । नेपाली रक्षापंक्तीको गल्तीका कारण ताजिकिस्तानले पेनाल्टी पाएको थियो । अनन्त तामाङको ह्याण्ड भएपछि ताजिकिस्तानले खेलको २० औं मिनेटमै पेनाल्टी पाएको थियो ।

त्यसपछि अनन्तले नै ताजिकिस्तानका खेलाडीलाई लडाएपछि अर्को ताजिकिस्तानले अर्को पेनाल्टी पायो । खेलको अन्त्यतिर आदित्य चौधरीले अर्का खेलाडीलाई डिबक्सभित्र लडाइदिएपछि तेस्रो गोल पनि ताजिकिस्तानले पेनाल्टीमार्फत नै गर्यो ।

हारसँगै नेपालको एशियन कपको अन्तिम चरणमा छनौट हुने संभावना सकिएको छ ।