रणवीर कपुर र दिपिका पादुकोणका आफ्नै जीवन कहानी छन्। तर दुवैले केही चलचित्रसंगै खेलेर एकअर्काको व्यक्तिगत जीवनमा रोमाञ्चकता पनि ल्याएका छन। ‘ए जवानी हे दिवानी’ मा संगै काम गरेका यी दुइको अर्को फिल्म ‘तमाशा’ रिलिज हुने तरखरमा छ।

फिल्मको स्क्रिप्ट राम्रो लागेका मात्र फिल्म खेल्ने गरेकी दिपिकालाई रणवीरको निकै चलेको फिल्म ‘रकस्टार’मा खेल्ने रहर पनि जागेको थियो। तर रहर जाग्दैमा दिपिकाले ‘रकस्टार’मा खेल्न पाइनन्।

Deepika padokone cute and hot (1)

यसरी नै रहर जागेको थियो होला दिपिकालाई आफ्नो फिल्ममा खेलाउन निर्माता/निर्देशकलाई । तर अफर आउँदापनि यी फिल्म दिपिकाले खेल्दिन भनिन्…

शुद्दिः करन जोहरले दिपिकालाई यो फिल्मको मुख्य भुमिकामा खेल्न ‘अफर’ दिए तर ‘बाजिराओ मस्तानी’ फिल्ममा व्यस्त दिपिकाले खेल्दिन भनिन्। अनि करनले करिना कपुर र हृतिकलाई भने। दुवैले व्यक्तिगत कारण देखाउदै यो फिल्म नखेल्ने बनाए अनि करन अहिले यहि फिल्मको लागि मुख्य कलाकारको खोजीमै लागेका छन्।

‘जब तक हे जान’ : ‘यस चोपरा’को अन्तिम फिल्ममा दिपिकाले आफ्नै घमण्डको कारण खेल्न पाइनन्। शाहरुख खान, क्याट्रिना कैफ र अनुष्का शर्माको मुख्य भुमिका रहेको यो फिल्ममा क्याट्रिनाको ‘मिरा’ नामको भुमिकामा दिपिकालाई पहिला अफर आएको थियो। बलिउडमा राम्रो कमाइ गरेको यो फिल्ममा दिपिका भने छुट्न पुगिन।

फास्ट एण्ड फ्युरिस ७: हलिउडको यो फिल्मको लागि दिपिकालाई अफर आएको थियो। यतिको ठुलो लगानीको फिल्मको लागि बलिउडका ठुला कलाकारले ज्यान फाल्छन् तर दिपिका उक्त समय ‘गोलियो कि रासलीला-रामलीला’ को सुटिङमा व्यस्त थिइन। केही करोड दर्शकको लागि दिपिकाले केही दशौ करोड नयाँ दर्शक पाउने अवसर गुमाइन।
रिलिज भइसकेको यो फिल्म हलिउडमा ‘सुपर हिट’ भयो।

धुम ३: बलिउडको यो सुपरहिट फिल्ममा क्याट्रिनाले निभाएको ‘आलिया’ को भुमिकाको लागि दिपिकालाई पहिला अफर आएको थियो। तर समय र अन्य व्यक्तिगर कारणले गर्दा उनले धुम ३ पनि नखेल्ने निर्णयमा पुगिन। आखिर दिपिकाले नखेले पनि फिल्म रिलिज भयो, सुपरहिट नै बन्यो।

रोयः रोय फिल्मको लागि आएको अफर दिपिकाले ‘नो’ भनिन। पछि ज्याक्वीलिन फर्नान्डिजले यो अवसर पाइन। फिल्म बन्यो तर नाम त्यति सुनिएन। दिपिकाले खेल्दिन भनेको ठिकै गरिन भनेर फिल्म आफैले सिद्ध गरिदियो।