२७ असोज, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल बाम गठवन्धनबाट बाहिरिएको छ । काठमाण्डौंमा बसेको पार्टीको संघीय सचिवालयको विस्तारित बैठकले गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र सहमतिको विपरित गएको भन्दै नयाँ शक्तिले बाम गठवन्धनबाट अलग्गिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय समेत गरेको केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालयका सहसँंयोजक प्रल्हाद लामिछानेले जानकारी दिए । बैठकले ५ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारीको घोषणा समेत गरेको छ । पार्टी संयोजक डा. बाबुराम भट्ठराई गोरखा—२, कृष्णबहादुर चौधरी कैलाली—३, दीनबहादुर चौधरी कपिलबस्तु—१, प्रेम तामाङ रसुवा र मदन राईले खोटाङबाट उम्मेद्धारी दिनेछन् ।

नेकपा माओवादी केन्द्रले डाक्टर भट्टराईलाई गोरखा—२ चुनावका लागि ठाँउ छोड्न तयार नभएपछि नयाँ शक्ति गठबन्धनबाट अलग्गिएर एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।