काठमाडौं ।

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्ने निश्चित भएपछि नै भारतको छिमेकी प्रतिको रवैया नयाँ देखियो । उनले आफ्नो सपथग्रहण समारोहमै सार्क मुलुकका सरकार तथा राष्ट्रप्रमुखलाई बोलाएर नयाँ ब्यवहार प्रदर्शन गरे । १७ वर्ष देखि भारतीय प्रधानमन्त्रीबाट नभएको नेपाल भ्रमणको इतिहास मेट्दै मोदीले १ वर्षमा नेपालको २ पटक भ्रमण पनि गरे ।

मोदीका बोली र ब्यवहार हेर्दा लाग्थ्यो अव नेपालसँग भारतको राजनीतिक स्तरमै कुटनीतिक ब्यवहार हुन्छ । यस अघिको जस्तो सुरक्षा तथा गुप्तचर निकायको कुराले मात्र भारतको नेपाल नीति निर्धारण गर्दैन । तर नेपालमा संविधान जारी गर्ने दिन सम्म आइपुग्दा यो एउटा भ्रम थियो भन्ने पुष्टी मात्र भएको छैन फरक ब्यवहार देखाएका नरेन्द्र मोदीको नेपाल नीति पूर्णतः असफल समेत भएको छ ।

modi bhasan nepal

अघिपछि फितलो कुटनीतिक ब्यवहार देखाउने र भारतको दवावमा लाचार छायाँ बन्न पुग्ने नेपाली नेताहरुले संविधान जारी हुने समयमा भने अभूतपूर्व एकता प्रदर्शन गरेर र कुटनीतिक ब्यवहारमा पनि अब्बलता प्रदर्शन गरे । मोदीसँग हात मिलाउँदा पनि डराइ डराइ मिलाएका जस्ता देखिने नेपाली नेताहरुले यस पटक मोदीका विशेष दुतलाई प्रष्ट शब्दमा भनिदिए- ‘तिमी गलत समयमा नेपाल आयौ, नआएको भए राम्रो हुन्थ्यो’ । संविधान जारी गर्ने मिति तय भएपछि सार्न दवाव दिने भारतीय सरकारका दुतसामु नेपाली नेताहरुले देखाएको एकता र आँटिलो प्रदर्शनले भारतीय कुटनीति भने तिल्मिलाएको प्रष्ट देखिएको छ ।

Jay shankar in TIA 2

भारतले समर्थन नगरे नेपालको संविधानको अर्थ नहुने भन्ने शैलीको अभिब्यक्ति दिँदै नेपालबाट विदा भएका मोदीका विशेष दुतको ब्रिफिङले भारतीय संस्थापन झनै तनावमा परेको पुष्टी संविधान जारी भएपछि भारतीय विदेशमन्त्रालयको अत्यन्तै अमर्यादित र गैह्र कुटनीतिक भाषामा जारी विज्ञप्तिले गरेको छ ।

Indian Embassy press release after constitution issuance

छिमेकी देशमा ९० प्रतिशत भन्दा बढी सभाषदको हस्ताक्षर सहित सार्वभौम संविधानसभाबाट जारी भएको संविधान जारी हुने वित्तिकै भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा नेपालमा संविधान जारी भएको जानकारी हुन आएको छ भन्ने जस्तो भाषा प्रयोग हुनुले मोदी सरकारको कुटनीतिक असफलतालाई उजागर गरेको छ । नेपालमा संविधान जारी भएकोमा बधाइ दिन कन्जुस्याइँ गरिएको विज्ञप्तिमा तराइ क्षेत्रमा रहेको तनावलाई मुख्य विषय बनाइएको छ । जुन छिमेकी देशको कुटनीतिक मर्यादा भन्दा पनि सँधै हेपाइमा राखिएको छिमेकीप्रतिको रुष्ट ब्यवहार मात्र जस्तो देखिन्छ ।

कसरी असफल भए मोदी ?

नेपालप्रति मोदीको आक्रामक आवरणको भाइचारा नीति परंपरागत भारतीय ठूल्दाइ प्रवृत्तिकै निरन्तरता हो भन्ने त्यतिबेला नै पुष्टी भएको थियो जतिबेला मोदीले ट्रमा सेन्टर उद्घाटन गर्दै नेपालमा बहुमतीय संविधान बन्न नसक्ने चेतावनी दिएका थिए ।

मोदी भाषणका डरलाग्दा संकेत

त्यतिबेलाको विभाजित राजनीतिमा त्यो भनाइले उचित प्रतिक्रिया पाउन नसकेपनि समयक्रममा मिलेका प्रमुख तीन दलले अहिले भने मोदीलाई मुखभरीको जवाफ फर्काएका छन् । नेपालको संविधानसभारुपी संसदमा संबोधन गर्ने समयमा अघिल्लो वर्ष उनले स्पष्ट सन्देश भारत तपाइँको सबै भन्दा विशेष छिमेकी हो । भारतसँग सहकार्य गर्न सकिन्छ तर निहुँ खोज्न सकिँदैन ।

विशेष दुतमार्फत मोदीले के सन्देश दिन चाहन्छन्

अर्को पटक काठमाडौंमै उनले चर्को भाषण गरे नेपालमा सहमतिको मात्र संविधान बन्न सक्ने बहुमतको बलमा संख्या देखाएर संविधान जारी हुन नसक्ने चर्को भाषण गरे । तर अव आएर मोदीको उक्त चेतावनीपूर्ण भाषणलाई नेपाली नेताहरुले साँच्चिकै घाममा सुकाइ दिएका छन् । संविधान जारी हुने मिति तय भएपछि विशेष दुत पठाएर रोक्न लगाउने मोदीको हठपूर्ण र अहंपूर्ण कूटनीतिलाई नेपाली नेताहरुले विनम्रता पूर्वक अस्वीकार गर्दा मोदीको कुटनीति असफलताको विन्दुमा पुगेको हो । नेपालमा भारतले चाँहादा अघि बढिसकेका कुरा पनि रोक्न सकिन्छ र भारतलाई समयीमा लागु हुँदैन भन्ने हठी भारतीय मान्यता यस पटक पुरै असफल भएको छ । ६२-६३ को जनआन्दोलनमा करण सिंहलाई काठमाडौं पठाएर असफल भएको भारत पुनः एक पटक नेपाली राजनीतिमा असफल कुटनीतिक खेल खेलेर पराजित हुन पुगेको छ ।

India press release reaction 1

विविसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको प्रतिक्रिया


India press release reactionकान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माको टिप्पणी

मोदीले नेपालको संविधानमा पनि आफ्नो ब्यक्तित्वको अविभावकीय छायाँ परोस् भन्ने चाहाना राख्छन् भन्ने कुरा लुकाएका थिएनन् तर त्यसलाई पुरा गर्न ब्यवहारिक कुटनीतिमा भने उनी चुकेका छन् । संघीयताको विषयमा सबैभन्दा लामो समय सम्म झगडा गरेका र अन्त्यमा सीमाङ्कन नै नगरीकन संघीयतामा चित्त बुझाएका प्रचण्डलाई शुरुमै दिल्ली बोलाएर मोदीले प्रशिक्षण दिएका भएपनि मोदीको इगो हर्ट हुने गरी भारतप्रति विशेष भाव राख्ने मधेशी तराइबासी थारु लगायतका समुदाय संविधान निर्माणको प्रक्रियाबाट बाहिरिन पुगे ।

India press release reaction 2

नेपालका नेताहरुले भारतको चाहाना विपरित मधेशी लगायतका असन्तुष्ट समूहलाई पाखा पारेरै संविधान पारित गर्लान् भन्ने विश्वास गर्न कठिन मानेका उनले आखिर त्यस्तै हुन लागेपछि विशेष दुत नै नियुक्त गरेर म्याराथन दौडमा काठमाडौं पठाएका थिए । तर उनको अन्तिम पासा पनि असफल हुँदा भारतले संविधान जारी भएपछि केटौले प्रतिक्रिया दिएको छ ।

ऐतिहासिक रोग
भारत नेपालका ठूला राजनीतिक परिवर्तनका बेला साक्षी बस्न मात्र मन पराउँदैन । उसले आफूलाई एक प्रभावशाली खेलाडीकोरुपमा राख्न चाहन्छ । जुन कुरा इतिहासको हरेक कालखण्डमा देखिएको छ । तत्कालीन राजा त्रिभुवनको भारत निर्वासन देखि शुरु भएको यो हस्तक्षेपकारी खेलाडीले नेपालका हरेक राजनीतिक परिवर्तनमा आफ्नो भूमिका कायम राखेकै छ त्यो पनि देखिने तहमा । विपीको मेलमिलाप नीति भारतको यही हस्तक्षेपकारी ब्यवहारको उपज थियो भने ७ साल देखि ४७ हुँदै ६२-६३ को आन्दोलनमा पनि भारतीय विशेष दुतहरुको भूमिकामा सम्झौता भएका हुन् । आन्दोलनपछि नेपालमा राजा राख्ने कि नराख्ने भन्ने विषयको तय समेत दिल्लीमै भएको खुलासा भैसकेको छ । माओवादी शान्ति प्रक्रियामा आउँदा होस् या संविधानसभा सहमति कि प्रक्रिया भन्दा होस् भारतीय भूमिका स्पष्ट र प्रत्यक्ष छ । मोदीले काठमाडौंमा भाषण गर्दै दिएको चेतावनी असफल भएपछि राजदुतमार्फत भारतले दिएको संन्देश नबुझ्नेहरु नेपाली सत्तामा पुग्न सक्दैनन्, पुगे भने टिक्न सक्दैनन् र टिक्न खोजे भने भारतसँग भिड्न सक्दैनन् भन्ने सन्देश दिन खोजे । तर त्यो पनि असफल हुन पुगेपछि भारत तिल्मिलाएको हो ।

अवको अवसर र खतरा

भारतसँग कुटनीतिक सवलता प्रदर्शन गर्न सफल भएका नेताहरुले अझै धेरै दवाव सहन बाँकी छ । नेपाली नेताहरुले भारतसँगको सम्बन्ध हाराहारी पुर्‍याउनका लागि पहिलो खुड्किलो भने पार गरेका छन् । यसलाई निरन्तरता दिने हो भने भारतीय शासकमा रहेको गुप्तर निकाय वा सुरक्षा निकायबाटै छिमेकी देशहरुलाई तह लगाउन सकिन्छ भन्ने भ्रमबाट भारत मुक्त हुने दिन टाढा हुनेछैन ।

Amar Ujala feature on CK Raut

तर कुनै विन्दुमा मिलेका जस्ता देखिएपनि विदेश नीतिमा समेत एक मुख गर्न नसक्ने हाम्रा नेताले पुरानै रोग देखाएपनि माइक्रो म्यानेजमेन्टमा समेत सफल भनिएको भारतले अझै धेरै खेल्ने ठाउँ पाउने छ । तराइ मधेशका समस्या हाम्रा हुन हामी सल्टाउन सक्छौं भन्ने सन्देश नेपाली नेताहरुले दिन सकेमा भारतले धेरै खेल्ने ठाउँ पाउने छैन । तर नेताहरुले मधेशीहरुप्रतिको विभेदपूर्ण दृष्टीलाई कायमै राख्दा भने भारत मधेशका सीके राउत र गोइत जस्ता अतिबादीसँग साँठगाँठको गुप्तचरीय प्रणालीमा पुग्ने भयंकर खतरा कायम छ । केन्द्रियतहका मुलधारका नेताहरुले आफ्ना सुझाव लत्याएको झोंकमा भारतीय गुप्तर पक्षले मधेशका अतिबादीसँग खेल्न खोज्यो भने काठमाडौंलाई निक्कै संकट हुने छ । प्रत्यक्ष नाकाबन्दी जस्ता कदम चाल्न नसक्ने परिस्थितिमा भारतबाट यस्ता खेल हुने सम्भवना रहेको विश्लेषकहरु बताउँछन् ।

ओली र प्रचण्डले भारतलाई झुक्याएकै हो ?