११ कात्तिक, काठमाडौं ।

भारतको इन्दौरमा आयोजित एक अन्तराष्ट्रिय कार्यक्रममा नेपाली बक्ताहरुले नेपालमाथि नाकाबन्दी गर्ने भारतको चर्को आलोचना गरेपछि यसलाई भारतीय
सञ्चार माध्यमले हेडलाइन समाचार बनाएका छन् ।

चीनबाट नेपाल इन्धन आउन लागेको समाचार विश्वभरी हेडलाइन

एक अन्तराष्ट्रिय धार्मिक सम्मेलनमा बोल्दै लुम्बिनी बुद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यले भारतीय नाकाबन्दीले नेपालमा भारतप्रति तिव्र विरोधी भावना पैदा भएको बताएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

Times of India Headline over Nepal Blockaged debate

समाचारमा जनाइए अनुसार बक्ताहरुले नेपालमा भारतीय नाकाबन्दीले कर्फ्यू लगाएको जस्तो अवस्था पैदा भएको र यो अत्यन्तै अमानवीय तथा अनैतिक भएको भन्दै भारतीय कदमको आलोचना गरेका थिए ।

चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा तरंग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अव नेपाल भ्रमणमा जाँदा पहिलेको जस्तो स्वागत नभएर उल्टो घृणा पाउने समेत बक्ताहरुले बताएका थिए ।

लण्डनमा बस्ने बौद्ध भिक्षु डा सुमना सिरीले भारतीय नाकाबन्दी नैतिकताहिन र गलत भएको बताएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीमाथि भारतको अर्को प्रहारः राज्यलक्ष्मी गोल्छा !

उनको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै मञ्चमा रहेका भारतीय जनता पार्टीका महासचिव राम माधवले सिरीको भनाइ गलत रहेको र उनी जस्ता ब्यक्तिलाई भारतमा बोलाउन नहुने सम्म बताएका थिए ।