संसदमा एकजना मात्र उठेर असन्तुष्टि जनाउँदा पनि संसदमा अवरोधको अवस्थामा मानिन्छ । संविधानसभामा पनि त्यसलाई अवरोध मानिएन । यस्तै अवरोधले तिहार यता संसद बैठक सञ्चालन हुन सकेन । तर मंगलबारको संसद बैठकले त्यो अवरोधलाई पनि छिचोलेर अघि बढ्यो ।

कम्युनिष्ट कन्ट्रीको अभ्यास
अघिल्लो पटक सुवास नेम्वाङ सभामुख थिए । अहिले ओनसरी घर्ती । दुबै कम्युनिष्ट हुन् । त्यसैले दुबै कम्युनिष्ठ सभामुखले मुलुकलाई ‘कम्युनिष्ट कन्ट्री’ बनाउँदै छन् । कम्युनिष्ट कन्ट्री बनाएर संसदीय व्यवस्थालाई समाप्त पार्न लागिएको भनेर अहिले बुद्धिजिविमा छलफलको विषय भएको छ । त्यसको प्रमाण मंगलबारको संसद बैठकमा पनि देखियो । कम्युनिष्टका भाषामा संसद भनेको खसिको मासु झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो । त्यसैले संसदीय पद्धतीलाई बिकृत बनाउँदै जाने अभ्ययास शुरु भएको छ । यसले लोकतन्त्र र संसदीय व्यवस्थालाई कम्जोर बनाउँछ ।

Amresh Kumar Singh

कांग्रेस आफ्नो खाडल आफै खन्यो
सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको मानिन्छ । कांग्रेसले अवरोधकै बीच मंगलबारको संसद बैठक चल्न दियो । सरकारसँग चित्त नबुझेका विषयमा भोलीका दिनमा कांग्रेसले पनि अवरोध गर्नु पर्ने दिन आउन सक्छ । तर अव कांग्रेसले अवरोध गर्दा पनि बैठक चल्छ । नचलाउने किन ? अरुले अवरोध गर्दा बैठक चल्ने, कांग्रेसले अवरोध नगर्दा नचल्ने त हुन्न होला ।

कांग्रेसले संविधान संसोधन विधेयक पनि संगै अघि बढाउनु पर्ने माग गर्दै संसद बैठक अवरुद्ध गरयो । तर भुकम्प पछिको पुनर्निमाण विधेयक पनि त्यतिकै महत्वपूर्ण छ । जति तराई मधेसको आन्दोलन समाधान गर्ने गरी ल्याइएको संविधान संसोधन विधेयक छ । त्यसैले अव अवरोधका विच विधेयक पेश गर्न सहमत भएपछि पारित गर्न समर्थन नगर्ने कारण छैन ।

कांग्रेसको विधेयकले मधेसको समस्या समाधान गर्दैन
संविधान संसोधन विधेयक पारित भए त्यसले मधेसको पुरै समस्या समाधान गर्दैन । केही हदसम्म समाधान हुन सक्छ । किनकी मधेसी मोर्चाले बटम लाईन सिमांकन भनेको छ र त्यसलाई परिमार्जन नगरी नमान्ने बताएको छ । संविधान संसोधनका लागि कांग्रेस नभई हुँदैन । तर कांग्रेस आफैले ल्याएको संसोधन प्रस्ताव पूर्ण छैन ।

Amresh Kumar Singh 3

समानुपातिक समावेशीताको मुद्धा नयाँ संविधानमा अन्तरिम संविधानमाभन्दा पनि पछि हटेर आयो । अन्तरिम संविधानमा जस्तो व्यवस्था गरिएको थियो, त्यही भाषा सहितको परिमार्जन हुनुपर्छ समस्या समाधान गर्न । त्यसैले हामीले पहिले पनि हाम्रै पार्टीको शिर्ष नेतृत्वलाई दवाव दिएका हौं ।

नाकावन्दी कहिले खुल्छ भन्न सकिन्न
भारतले लगाएको नाकावन्दीले नेपाली जनता आकुलव्याकुल भएका छन् । नाकावन्दी कहिले खुल्छ भनेर भन्न सकिने अवस्था छैन । संविधान संसोधन पछिपनि खुल्न सक्छ । तर कति दिनमा भनेर म तोक्न सक्दैन । नाकावन्दी भारत, मधेस आन्दोलन र संविधानसँग जोडिएको विषय हो ।

के चाहन्छ भारत ?
अन्तरिम संविधानमा भएको व्यवस्था नै अहिलेको संविधानमा होस भन्ने चाहन्छ भारत । सिमांकन र निर्वाचन क्षेत्रमा पनि विशेष चासो छ भारतको । अलिहेको सिमांकनका बारेमा हामी कांग्रेस भित्रका मधेसी नेताले पनि कुरा उठायौं । तर सुनिएन । हामीले भनेको मानेको भए अहिलेको यो समस्या आउने थिएन । अलिहेकै सिमांकन सहितको संविधान कार्यान्वयन हुँदैन । तर मधेसीले भने अनुसार नै सिमांकन पनि हुन सक्दैन । वार्ताको माध्यामबाट मध्य विन्दु निकाल्नु पर्छ ।

संसदीय समितिमा रक्षामन्त्री र अमरेशको चर्का-चर्की

अहिलेको संविधान चित्त बुझ्दो भएन भनेर हामीले पार्टी भित्र निक्कै ठूलो श्वरमा कुरा उठायौं तर पार्टीको ह्विपका अघि हामी निरिह भयौं, बाध्य भयौं यो संविधान मान्न । संविधान राम्रो भएको भए एक हप्तामै किन संसोधन गर्नु पथ्र्यो र ? जनताभन्दा पार्टी प्यारो त होइन तर पार्टीमा रहन पार्टीको अनुशासन मान्नै पर्दो रहेछ । जनताका कुरा उठाउँदा पार्टीले नै दुई पटक स्पष्टिकरण सोध्यो ।

Amresh Kumar Singh 5

खस आर्य, जनजाति र मधेसी समु्दायबीच सदभाव हुनुपर्छ । सहकार्य र विश्वास नहुँदासम्म देशमा शान्ति हुँदैन । अहिले राष्ट्रवादको नाममा मधेसी र खसआर्यको बीचमा खाडल बढ्दै गएको छ । त्यसले झन दूरगामी प्रभाव पार्छ ।

नेपाली कांग्रेसका सांसद एवं केन्द्रिय सदस्य डा. अमरेस कुमारसँग बोमलाल गिरीले गरेको कुराकानीमा आधारित

भारतीय राजदुतले धम्क्याएपछि मधेस आन्दोलन स्थगित गरेका थियौं- जे पी गुप्ता