५ असोज, काठमाडौं ।

संविधानसभाबाट संविधान जारी गरेको खुशीयालीमा सरकारले सोमबार काठमाण्डौको टुँडिखेलमा आमसभा आयोजना गर्यो । आमसभाका लागि विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रण गरिएको थियो । तर उक्त कार्यक्रममा संविधानसभाको राजनीतिक संवाद तथा सहमती समितिका सभापति डा. बाबुराम भट्टराई अनुपस्थित भए ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि खोजी भयो । तर मञ्चमा उनी नेताहरुको लस्करमा देखिएनन् । उनी गएर दर्शक दिर्घामा बसेका रहेछन् । मञ्चमा उनकै पार्टीका अध्यक्ष प्रचण्ड, महासचिव कृष्णबहादुर महरा लगायतका नेता उपस्थित थिए । तर उनी आफू अतिथिको आशन ग्रहण गर्न नजानुको कारण भने अर्कै रहेछ ।

Narayan Kaji fb status

तराई मधेसमा जारी आन्दोलन सम्बोधन नगरी संविधान जारी गरिएकोमा असन्तुष्टि जनाएका उपाध्यक्ष श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत त्यसको असन्तुष्टि व्यक्त गरेका छन् । जसमा उनले भनेका छन्, ‘शाषक पार्टीका नेताहरुसँग मञ्चमा भने बस्न गईन । जनतासंगै बसे । संबिधान निर्माणमा अहोरात्र खट्ने क्रममा मैले बार्ता र राजनैतिक समाधानलाई उपेक्षा गर्ने शाषक नेताहरुको निती र कार्य प्रति लगातार बिरोध एवं असहमति राखेको थिए । त्यसमा अहिले पनि असहमत छु ।

tudikhel sava 3

सैनिक मञ्च टुँडीखेलमा तीन दलले गरेको संयुक्तसभामा अनुपस्थित भएका बाबुराम भट्टराईले आफू विरामी भएको कारण देखाएर सभामा नभएको स्पष्टिकरण दिएका थिए । नेता भट्टराई पनि संविधान जारी गरिएकोमा असन्तुष्ट छन् । यसले एमाओवादी भित्र फेरी विवादको विरु रोप्ने देखिएको छ ।

Narayan kaji janta sanga

यो पनि पढ्नुस्

किन गएनन् बाबुराम टुडिखेल

प्रचण्डले भने- नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…