२९ असार, काठमाडौं ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारले सकेसम्म संविधान संसोधन प्रस्ताव पारित गर्ने वचन दिएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा नेता कर्णले संविधान संसोधन भएमा आफूहरु तेस्रो चरणको निर्वाचनमा सहभागि हुने बताए ।

आफूहरु निर्वाचनको विरोधी नभएको उनको भनाई थियो । उनले भने, ‘हामी निर्वाचनको विरोधी होईनौं, हामीले कहिल्यैपनि निर्वाचन ईन्कार गरेका छैनौं, हिजो हामी र सरकारबीच एउटा समझदारी भएको छ, उहाँहरुले दुई चारदिनभित्रै मुद्दा फिर्ता, घाईते अपाङ्ग भएकाहरुलाई भरणपोषण गर्ने, सहिद घोषणा गर्ने, र संविधान संशोधन पनि सकेसम्म पारित गर्ने बताउनुभएको छ ।

उनले राज्यले आफूहरुसँग माँग सम्बोधन गर्ने भनेर पटक पटक सम्झौता गरेको स्मरण गराउँदै भने, ‘माँग पूरा नगर्ने हो भने किन हामीसँग सम्झौता गरेको त ? हुन त सरकारले हामी गर्दैछौं भनेको छ, एमालेसँगपनि वार्ता भैरहेको भनेर जानकारी गराईरहेको छ ।’

त्यस्तै उनले निर्वाचन क्षेत्र २४० बनाउने बारे व्यापक चर्चा चलिरहेको कुराप्रति टिप्पणी गर्दै भने,‘अहिले ठूला दलले नाक फुलाईरहेका छन्, यदि संख्या बढाउने हो भने हामी विरोधमा जान्छौं।’ उनले आफ्नो सुविधाको लागि संख्या बढाए जनताले दण्डीत गर्ने बताए ।