काठमाडौं ।

नेपालको राजनीतिक विषयमा भारतीय सञ्चार माध्यममा समयमा समयमा संवेदनशील टिप्पणीहरु प्रकाशित प्रसारित हुने कुरा नयाँ होइन । भारतीय मिडियाले नेपाली राजनीतिका विभिन्न विषयमा समय समयमा विभिन्न उत्तेजक हेडलाइन सहित सामग्री आउने गर्छन् ।

केही समय अघि मधेशलाई नेपालबाट अलग गर्ने कसम खाएका सीके राउतलाई गान्धीबादी नेताकोरुपमा प्रस्तुत गरेर चर्चित अखबार अमर उजालाले ठूलो फिचर बनाएको थियो ।

Amar Ujala feature on CK Raut

पछिल्लो पटक संघीयताको सीमाङ्कनको विषयमा मधेशी जनतामा रहेको असन्तु्ष्टी देखि मधेशीहरुको पृष्ठभूमिबारे चर्चित अंग्रेजी/हिन्दी अखवार इण्डिया टूडेले फिचर प्रकाशित गरेको छ ।

इण्डिया टूडेको अनलाइन संस्करणमा नेपाली संविधानमा ‘मधेशी को हो’ भन्ने शीर्षकको हेडलाइन फिचर प्रकाशित भएको छ ।

इण्डिया टूडेले नेपालका मधेशीहरुलाई भारतीय मुलका नेपालको पूर्वी क्षेत्रमा बस्ने नागरिक भनेको छ । भारतसँगको अन्तरसीमा विशेष सम्बन्धका कारण मधेशीहरु नेपालमा अपहेलित भएको यो फिचरमा उल्लेख छ । नेपालमा मधेशीको जनसंख्या उल्लेख नगरीकन चलाखीपूर्णरुपमा राखिएको तथ्याङ्कमा तराइ क्षेत्रमा मात्र नेपालको कूल जनसंख्याको २३ दशमव १ प्रतिशत जनसंख्या बसोबास गर्ने भनिएको छ ।

Madhesi in Indian Media 2

फिचरले नेपालका मधेशी र चर्चित ब्यक्तिकोरुपमा भारतमा चर्चा कमाएका गायक उदितनारायण झालाई पनि प्रस्तुत गरेको छ । उदितलाई गौरवशाली मधेशी भन्दै उनको ठूलो तस्विर फिचरमा राखिएको छ ।

Madhesi in Indian Media 1

नेपालमा मधेशीहरुलाई उनीहरुको रंग र भाषाका कारण पनि भेदभाव गर्ने गरिएको भन्दै यो फिचरमा दौरा सुरुवाल र गुन्यो चोली लगाएर शुद्ध नेपाली बोल्नेलाई मात्र नेपाली मान्ने गरिएको भनिएको छ ।

४७ सालको संविधान देखि नै मधेशीहरुलाई नागरिकता लिन कठिन कानूनी ब्यवस्था गरिएको भन्दै यो फिचरमा मधेशमा बोलिने हिन्दी भाषालाई समेत नेपालमा अपहेलना गर्ने गरिएको भनिएको छ । मधेशी देशको आधा जनसंख्या भएको झुटो दावी समेत यो लेखमा गरिएको छ ।

Madhesi in Indian Media

उता अर्को सञ्चार माध्यम न्यूज २४ ले पनि नेपालमा भारतीय नागरिकलाई प्रवेश रोक लगाएको भन्दै समाचार प्रकाशित गरेको छ । नेपालमा हिंसामा परेर पुलिससहित ५० जना भन्दा बढी मारिएपछि विभिन्न जिल्लामा सेना परिचालन गरिएको भन्दै उक्त समाचारले भारतीयलाई नेपाल आउन रोकिएको भनेको छ । यो समाचारले पनि मधेशीलाई विशेषरुपमा महत्व दिएर फिचर बनाएको छ ।

Madhesi in Indian Media 3

यसैगरी सोमबार कैलालीमा भएको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई फोन गरेको विषयमा हिन्दुस्तान टाइम्सले सनसनीपूर्ण हेडलाइन सहित मोदीले नेपाली प्रधानमन्त्रीलाई झपारेको संकेत गरेको छ ।

मोदीले कोइरालालाई फोन गरेर ५-१० जना कोठामा बसेर संविधान लाद्न नपाउने भन्दै झपारेको हिन्दुस्तान टाइम्सको दावी छ ।

Madhesi in Indian Media 4

भारतीय सीमामा बस्ने मधेशी र थारुहरु संघीयताको विभाजनमा असन्तुष्ट हुँदै आन्दोलन गरिरहेको कुरालाई यो समाचारमा पनि विशेष महत्व दिएको देखिन्छ ।

भारतीय राजदुतलाई गृहमन्त्रीले के भने भने ?

मोदीले यस अघि पनि सहमतिमा मात्र संविधान जारी गर्न भनेको स्मरण गराउँदै उक्त समाचारमा गृहमन्त्री बामदेव गौतमले कैलाली घटनापछि दिएको बयानमा भारतीय घुसपैठको संकेत गरेको समेत उल्लेख छ । मोदीले प्रधानमन्त्री कोइरालासँग बामदेवले गरेको संकेतप्रति पनि तिव्र असन्तुष्टी जनाएको हिन्दुस्तान टाइम्सले दावी गरेको छ ।