४ साउन, काठमाडौं ।

एसियन युथ च्याम्पियनसीप छनोट फुटबलमा नेपालले आज समुहको अन्तिम खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार दोस्रो हार बेहोरेको नेपाललाई सोमबार भएको खेलमा उज्वेकिस्तानले दुई शून्यले हराएको थियो । यो हारसँगै अर्को चरणमा पुग्ने नेपालको संभावना भने सकिएको छ ।

पहिलो खेलमा आयोजक युएईसँग पाँच शून्यले पराजित भएको नेपाल २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम समुहको अंक तालिकामा पुछारमा रहेको छ ।