१३ साउन, काठमाडौं ।

प्रधानमन्त्री सभापति रहेको पार्टीका केन्द्रीय सदस्य एवं सभासदले नै राष्ट्र बिखण्डन गर्ने चेतावनी दिँदै हिँडेको भन्दै कांग्रेस नेता अमरेस सिंहको ब्यापक आलोचना भएको छ ।

मंगलबार संसद बैठकको सुरुमै सभासद्हरुले देश टुक्र्याउँछु भन्दा पनि राज्य मौन बसेको भन्दै आपत्ति जनाएका थिए भने सामाजिक सञ्जालमा पनि अमरेस सिंहमाथि ब्यापक आलोचना भएको छ ।

तर अमरेसले भने आफूलाई आलोचना गर्नेहरुको समेत फेसबुकबाट नै दोहोलो काड्न खोजेका छन् ।

Amaresh Alochana on fb (6)संसदमा सत्तारुढ र विपक्षी दलका सभाषदले नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका सभासद अमरेश कुमार सिंह लगायतका कतिपयले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरे ।

Amaresh Alochana on fb (3)

Amaresh Alochana on fb (4)

नेकपा एमालेका सभासद प्रकाश ज्वालाले प्रधानमन्त्रीकै पार्टीका सभासदहरुले राष्ट्र टुक्राउने कुरा गर्दा पनि पार्टी र सरकार केही नबोल्नुको अर्थ के हो भन्दै तत्काल कारवाहीको माग गरेका थिए ।

Amaresh Alochana on fb (5)

नेपाली काग्रेसकै सभाद रामहरि खतिबडाले देश टुक्रयाउने खुलेआम धम्की दिने माथि कारवाही गर्नका लागि सभाध्यक्षलाई रुलिङ गर्न आग्रह गर्नुभयो । उहाँले देश टुक्रउने, विखण्डन गर्नेजस्ता चेतावनी आउन नदिन सरकारसँग माग गरे ।

सभाससद अुनुराधा थापा मगर, रेबतीरमण भण्डारी, आनन्द पोख्रेल, रामहरि सुबेदी, तुल्सा राणा, हरिचरण शाह कल्पना शर्माले मुलुकमा राज्य भएको आभाष दिलाउन पनि देश टुक्र्याउने धम्की दिनेलाई कारवाही गर्न माग गरे ।

Amaresh Alochana on fb (1)

संसदमा मात्र नभएर देश टुक्र्याउने चेतावनी दिएका अमरेस सिंहमाथि फेसबुक र ट्वीटरमा पनि आलोचना भएको छ । धेरैले उनलाई विभिन्न कारवाहीको माग समेत गरेका छन् ।

Amaresh Alochana on fb (2)