३ मंसिर, काठमाडौं । आज निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले एक हप्ता अघि मात्रै होलबडी चेकअप गराएको खुलासा भएको छ ।

काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमै उनले होलबडी चेकअप गराएका थिए । त्यतिबेला उनको प्रेसर, सुगर सामान्य अवस्थामा रहेको अस्पतालका एक चिकित्सकले बताएका छन् ।

तर रगतमा कोलेस्ट्रोलको मात्रा भने केही बढी देखिएको थियो । त्यसको एक हप्ता नबित्दै उनको आकस्मिक हृदयघातका कारण मृत्यु भयो । नर्भिकमै उपचारका लागि पुर्याइएका उनलाई डाक्टरले मृत घोषणा गरे ।

सुतेकै ठाउँमा उनी कहिल्यै नउठ्नेगरी निदाए । सबै चिज सामान्य हुँदा अचानक कसरी हृदयघात भयो भन्ने विषयमा डाक्टरहरु पनि अन्यौलमा परेका छन् । उनीहरुले विहान ६ बज्न लाग्दा अस्पताल पुर्याउँदा ३ घण्टा अघि नै प्रकाशको मृत्यु भइसकेको दाबी गरे ।