काठमाडौं ।

नेपालमा संविधान जारी गर्नका लागि अन्तिम प्रयास जारी छ । नेताहरुले भदौपछि नयाँ सरकार मात्र होइन नयाँ राष्ट्रपति र सभामुख समेत नयाँ नै हुने बताइसकेका छन् । यही समयमा कतिपय दलका शीर्ष नेताहरु भने दिल्ली दौडाहामा छन् । १५ दिनको अवधीमा नेपालका ३ जना पूर्व प्रधानमन्त्रीले भारतको राजनीतिक तीर्थयात्रा गरिसकेका छन् ।

पूर्व प्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको ५ दिने भ्रमण गरेर फर्किएको १५ दिन पनि नवित्दै नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला दिल्लीमा छन् । राजनीतिक दौडमा दिल्ली पुगेका यी २ हस्ती बाहेक नेपाली राजनीतिका अर्का खेलाडी पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता झलनाथ खनाल पनि स्वास्थ्य परीक्षणका लागि भन्दै दिल्लीमै छन् ।

[quote_right]पहिलो कुराः नेपाली संविधानमा धर्मनिरपेक्षता भन्ने शब्दावली प्रयोग गरेर हिन्दु राज्यको मान्यतालाई कमजोर नबनाइयोस् र दोश्रो कुरा भारतसँग बढी आस्था राख्ने मधेशीहरुलाई चढ्याएर संविधान जारी गर्न नखोजियोस् । तेश्रो कुरा अमुर्त नै भएपनि भारतले नेपालमा स्थायी खालको सरकार होस् भन्ने चाहेका कारण संविधान जारी गर्न ढिला नहोस् भन्ने पनि हो ।[/quote_right]

हरेक निर्णयमा भारतको प्रमुखता हाम्रो राजनीतिक विरासत नै हो । चाहे त्यो माओवादी विद्रोह अन्त्यका लागि भएको १२ बुँदे सहमति होस् वा पछिल्लो पटक संविधान जारी गर्नका लागि गरिएको १६ बुँदे सहमति होस् । भारतीय हस्तक्षेपलाई अनुकुल पर्दा सहयोग र प्रतिकुल हुँदा हस्तक्षेप भनेर विरोध र स्वागत गर्ने नेताहरुलाई भारत दाहिना भएन भने सत्तामा जान सकिन्न भन्ने राम्रै ज्ञान भने छ । देश ऐतिहासिक मोडमा रहेको समयमा नेताहरुले गरिररहेको भारत भ्रमण भारतबाट चाहेर भन्दा पनि नेताहरुले गरेको आग्रहमा भैरहेको भारतस्थित नेपाली दुताबासले केही समय अघि गरेको थियो ।

Prachanda sita modi india visit

प्रचण्डले भारतमा हुँदा प्रधानमन्त्री नरेन्द्र मोदी देखि राष्ट्रपति प्रणव मुखर्जी सम्मलाई भेटे । शेर बहादुर देउवाले पनि त्यही क्रम शुरु गरेका छन् । भलै प्रधानमन्त्री हुँदा समेत भारतबाट निम्तो नपाएका एमाले नेता झलनाथ खनालालाई त्यस्तो अवसर प्राप्त नहुन पनि सक्ला । यद्यपी मोदीको नेतृत्वमा रहेको भारतले नेपालमा पछिल्लो पटक चाहेका ३ कुरा यो भेटमा नेताहरुलाई राम्रैसँग बुझाइएको छ ।

त्यसमा पहिलो कुराः नेपाली संविधानमा धर्मनिरपेक्षता भन्ने शब्दावली प्रयोग गरेर हिन्दु राज्यको मान्यतालाई कमजोर नबनाइयोस् र दोश्रो कुरा भारतसँग बढी आस्था राख्ने मधेशीहरुलाई चढ्याएर संविधान जारी गर्न नखोजियोस् । तेश्रो कुरा अमुर्त नै भएपनि भारतले नेपालमा स्थायी खालको सरकार होस् भन्ने चाहेका कारण संविधान जारी गर्न ढिला नहोस् भन्ने पनि हो ।

[quote_box_center]आफू सरहकै अरु नेता राजनीतिक हैसियतमा दिल्लीमा घुमिरहँदा केवल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेको भनिएका खनालले नयाँ दिल्ली स्थित नेपाली दुतावासमा बोल्दै भने- शान्ति प्रक्रिय र संविधान निर्माणमा भारतको सदभाव त आवश्यक छ तर सहयोगको आवश्यकता छैन । नेपालमा संविधान नेपालीले निर्माण गर्ने हो, भारतले होईन ।[/quote_box_center]

प्रचण्डलाई धर्म निरपेक्षतामा बढी जोड नदिन सन्देश दिएको दिल्लीले शेर बहादुर देउवालाई पनि यो कुरा बुझाउन खोजेको छ । प्रचण्डकै शैलीमा भारतको पाँच दिने भ्रमणमा रहेका नेता शेरबहादुर देउवाले भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस. जयशंकरसँग भेटवार्ता गर्दा यही कुरामा बढी सुन्न पाए ।

Sher Bdr in Delhi 1

नेपालमा धर्म निरपेक्षता हिन्दु राष्ट्र लगायतका विषयमा भैरहेको विरोध र विवादबारे सुष्माले शेरबहादुरलाई बढी नै चासो राखिन् । उनले घुमाउरो शैलीमा धेरै हिन्दु भएको देशमा सबैले सबैको अपनत्व महसुस गर्ने गरी सविधान जारी हुने सके स्थायित्व हुने र त्यसले नेपालको विकासको बाटो खेल्ने भन्दै असन्तुष्टहरुलाई पनि सकेसम्म मिलाएर अधिकतम सहमतिमा संविधान बनाउँदा राम्रो हुने सुझाव दिएर मधेसीहरुलाई पनि बाइपास नगर्न सुझाएकी छिन् ।

Sher Bdr in Delhi

भारतमा खासै भाउ नपाउने इतिहास रहेका एमाले बरिष्ठ नेता झलनाथ खनालले भने दिल्लीबाटै मोदीको भनाइको स्मरण गराउँदै फरक शब्दावली सहित संविधान निर्माणमा जोड दिएका छन् । मोदीसँगको उनको असन्तुष्टी सतहमा आउन नसकेपनि उनले मोदीले भनेको जस्तो ऋषि मनले नभएर नेपालमा जन्मेका भएपनि सँधै भारतमा जन्मेका भनेर प्रचार गरिने बुद्धको जस्तो मनबाट संविधान बनाउनु पर्नेमा जोड दिएर भारतमै पनि मोदीको शब्दावली खण्डित गर्ने कुण्ठित कोशिस गरेका छन् ।

आफू सरहकै अरु नेता राजनीतिक हैसियतमा दिल्लीमा घुमिरहँदा केवल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेको भनिएका खनालले नयाँ दिल्ली स्थित नेपाली दुतावासमा बोल्दै भने- शान्ति प्रक्रिय र संविधान निर्माणमा भारतको सदभाव त आवश्यक छ तर सहयोगको आवश्यकता छैन । नेपालमा संविधान नेपालीले निर्माण गर्ने हो, भारतले होईन ।

भारतमा निम्तो नपाउने झलनाथले भनेः भारत आएर संविधान निर्माणमा सहयोग माग्नुको औचित्य छैन  । उनले सीमांकनसहितको संविधान जारी हुनु राम्रो भए पनि अहिलेसीमांकनसहितको संविधान जारी गर्न समस्या पर्ने भएकोले सीमांकन बाहेककै संविधान जारी गर्नु पर्ने बताए । खनालले सीमांकनको विषयमा छलफल गर्दै पछि सीमांकन गर्ने गरी संविधान जारी गर्नु पर्ने भन्दै सीमांकनमा अल्झिएर अहिले संविधान जारी गर्न ढिलाई कुनै पनि हालतमा गर्न नहुने तर्क गरे ।

Jhalanath Khanal

आफूलाई भारतबाट निम्तो नआएपनि हाल आफू भन्दा पनि तल्लो बरियतामा रहेका पूर्व प्रधानमन्त्री माधव नेपाललाई भने दिल्लीले निम्तो प्राप्त भैसकेको छ । उनी केही दिनमै भारत जाँदैछन् । सायद यही झोंकले पनि हुन सक्छ झलनाथले भारतले चाहेका २ प्रमुख कुरालाई खण्डित गर्ने कोशिस दिल्लीबाटै गरे । उनले संघीयताका नाममा अल्झिन नहुने भनेर भन्नुको तात्पर्य मधेशीको मागलाई निशेधित गर्न कोशिष गर्नु भन्दा बढी पालैपालो भारत गएर भारतीय भनाइ सुनिरहेका नेताहरुप्रति लक्षित देखिन्छ ।

त्यतिबेला नै नरेन्द्र मोदीले आफ्नो शासनकालमा नेपालमा भारतको भूमिका खुलारुपमा नै ‘ठूल्दाइ प्रवृति’ मा आधारित रहेको र रहने पटाक्षेप गरेका थिए । मोदीले त्यतिबेला संविधान निर्माणमा भैरहेको विवादमाथि ठाडै हस्तक्षेप गर्दै बहुमतीय संविधान बनाए नेपाल संकटमा फस्ने कठोर र दीर्घकालीन महत्वको टिप्पणी गरेका थिए जुन कालान्तरमा राजनीतिक दलबीच सहमतिको कारण नै बन्न पुग्यो ।

modi bhasan nepal

देश भित्रका समस्या हामी सुल्झाउन सक्छौं तपाइँले अन्य दुई पक्षीय विषयमा बोल्नुस् भनेर मोदीसँग साहसिक वार्ता गर्ने औकात र आँट नभएका हाम्रा लघु नेताहरु मोदीको भाषणपछि कोही खुसी हुँदै र कोही क्षुव्द हुँदै सोल्टी होटलमा लर्को लागेर उनैलाई भेट्न गएका थिए । तर मोदीले बोलेको अर्को कुरा अझै पुरा भएको छैन । मोदीले त्यतिबेला माओवादी र मधेशीलाई बाइपास गरेर संविधान नबनाउन चेतावनी दिएका थिए जस मध्ये माओवादी त समेटिएको छ तर मधेशीहरु भने अहिले पनि असन्तुष्ट छन् ।

भारतको चाहाना

भारतमा नरेन्द्र मोदी सत्तामा आए देखि नै नेपालप्रति विशेष ब्यवहार देखाउँदै आएका छन् । वर्षौं सम्म भारतीय प्रधानमन्त्रीले नेपाल नटेकेको पृष्ठभूमि बदल्दै उनले नेपालको भ्रमण गरे त्यो पनि १ वर्ष भित्र २ पटक । उनले नेपालमाथि भारतले राख्दै आएको ऐतिहासिक ठूल्दाइ कदलाई घटाउन कुनै अर्थमा पनि चाँहदैनन् बरु बढाउन र थप आक्रमक पार्न चाहन्छन् । त्यतिमात्र होइन उनले नेपालको अस्थिर राजनीतिक अवस्थाको अन्त्य गरेर विश्वासिलो राजनीतिक शक्ति वा सरकारसँग आफ्नो देश अनुकुलका विभिन्न सम्झौता र सन्धी समेत गर्ने चाहाना राख्छन् ।

Prachanda india visit 2015 (2)

सायद यही चाहाना राम्रैसँग मुखरित भएकाले हुन सक्छ भारतबाट फर्किएपछि प्रचण्डले ‘धर्म निरपेक्षता’ भन्ने शब्दावली गलत भएको मात्र भनेका छैनन् अव जे सुकै भएपनि संविधान जारी गर्न कुनै पनि एजेण्डाले नरोक्ने समेत प्रष्ट भनेका छन् । यस अघी नै यस्तो मान्यता राख्ने शेरबहादुर देउवाको भनाइ भारतबाट फर्केपछि अझै कडा हुने निश्चित छ । अव भारत जाने रोलनम्बरमा माधव नेपाल र विजय कुमार गच्छदारको भारत भ्रमणले नेपालमा संविधान जारी हुने मितिलाई नजिक ल्याउने निश्चित छ तर धर्म निरपेक्षता र संघीयताका विषयमा भने के हुन्छ भन्ने कुरा यसै प्रक्षेपण गर्न कठिन हुने छ ।

यो पनि हेर्नुस्

प्रचण्डका छोराले देउवा र प्रचण्डको तस्विर राखेर के भन् यस्तो