१४ साउन, काठमाडौं ।

पछिल्लो समय नेपाली प्रमुख दलका शीर्ष नेताहरु भारत जाने आउने क्रम चलिरहेको छ । केही दिन अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए । हिँजो मात्र नेपाली काग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारत पुगेका छ । खनालको भ्रमण ब्यक्तिगत भनिएपनि देउवाको भ्रमण भने प्रचण्डको जस्तै राजनीतिक हो ।

२ साता अघि भारतमा गएको समयमा प्रचण्डले राम्रै हैसियतमा स्वागत पाए । भारतीय मिडियाले पनि उनको भारत भ्रमणलाई ब्यापक चासो दिए र विभिन्न हेडलाइन सहित समाचार प्रकाशित गरे । कतिपयले उनलाई प्रधानमन्त्री समेत भने ।

Prachanda on Indian Media feature

देशमा संविधान बन्न लागेको महत्वपूर्ण समयमा भारत जानु भारतप्रतिको आसक्ति र परनिर्भर मानसिकता भन्दै नेताहरुको आलोचना पनि भैरहेको छ ।

यसैबीच प्रचण्डका छोरा प्रकाश दाहालले आफ्ना पिता प्रचण्ड र नेपाली कांग्रेसका नेता देउवा भारत जाने क्रममा विमानस्थलमा सञ्चार कर्मीको उपस्थिति झल्किने तस्विर राखेर कुन नेताको औकात कति भन्ने तर्क गरेका छन् ।

Parkash Dahal on Prachanda and Deuwa

उनले फेसबुकमा प्रचण्ड भारत जाने समयको तस्विर र देउवाको तस्विर राखेर त्यहाँ उपस्थित सञ्चारकर्मी र माइकले नै कुन नेताको औकात कति भन्ने थाहा हुन्छ भन्ने तर्क गरेका छन् ।

प्रकाशले राखेका तस्विरमा प्रचण्ड भारत जानु अघि विमानस्थलमा सञ्चारकर्मीको भिडभाड देखिन्छ भने माइक पनि दर्जनौं देखिन्छन् ।

Parkash Dahal on Prachanda and Deuwa 1

तर देउवा भारत जाँदा भने त्यस्तो देखिएको छैन । देउवाको पालामा कान्तिपुर टेलिभिजनको माइक मात्र उनको टेवलमा देखिन्छ ।

Parkash Dahal on Prachanda and Deuwa 2

प्रकाश दाहालले जति गाली र ताली पाएपनि प्रचण्ड अहिले पनि जनताको आशाको केन्द्र रहेको र जसले जे भने पनि आफ्नैले आरोप लगाएपनि हजारौं जनताको आशा प्रचण्ड भएको तर्क गरेका छन् ।

प्रकाशले भनेका छन्ः

प्रचण्ड के हुन् भन्ने कुरा यो मिडियाको माईकलेनै बताउँछ । जसको आश गरिन्छ उसैलाई हो गाली ताली । जे गर्छन् प्रचण्डले नै हो । कोही जनतालाइ छारो हाल्न स्टण्ड गर्छन् कोही मिडियाबाजी । हजारौं आरोप आफ्नैले लगाएपनि अआशा प्रचण्डनै हुन् ।

भारतमा रहेको समयमा प्रचण्डले लिपुलेक लगायतका विषयमा भारतीय प्रधानमन्त्री लगायतका सबै बिशिष्ठ अधिकारीहरुसँग कुरा गरेका थिए । उनलाई गुजरात पुग्दा जनताले सडकमा निस्किएर भव्य स्वागत गरेका थिए । नेपाल आएपछि प्रचण्डले नेपालमा मोदीलाई सडकमा जनताले स्वागत गरेको जस्तो गुजरातमा आफूलाई गरिएको बताएका थिए । प्रचण्डलाई स्थानीयले बाजागाजा सहित स्थानीय सांस्कृतिक झाँकीसहित स्वागत गरेका तस्विर सार्वजनिक भएका थिए ।

शेरबहादुर देउवाले पनि भारतमा पछिल्लो नेपाली राजनीतिक अवस्थाबारे कुरा हुने बताएका थिए । उनले पञ्चेश्वरको बारेमा आफूले सँधै जस्तै यस पटक पनि भारतीय नेतासँग कुरा गर्ने बताएका छन् ।

Sher Bahadur Deuba

नेपालको ऐतिहासिक परिवर्तनको दस्ताबेजीकरण गरिने भनिएको संविधान जारी हुने समयमा नेपालका बरिष्ठ नेताहरु पालै पालो जानुलाई नेपालमा भने शंकाको आँखाले हेरिएको छ । नेपाली नेताहरुमा आत्मविश्वासको कमि भएका कारण भारत गएर आसिर्वाद थाप्ने गरेको भन्ने आलोचनालाई समेत यस्ता भ्रमणले बल पुर्‍याएको देखिन्छ ।