काठमाडौं ।
प्रधानमन्त्री बन्नासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ पाएका केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनिसकेपछि भने भारतको कुनै सहयोग मिल्न सकेको छैन । भारतले एक पछि अर्को गर्दै प्रधानमन्त्री ओलीमाथि कार्यकालको सफलतामाथि नै प्रश्न लाग्ने गरि अवरोध तेर्साइरहेको छ ।

भारत र चीन सन्तुलन राख्न खोज्दै प्रचण्डः छायाँमा पर्दै ओली

प्रधानमन्त्रीय चुनावपछि धरापमा परेको मधेश आन्दोलनलाई समेत भारतले कुनै न कुनैरुपमा पुनः ट्रयाकमा ल्याएको छ भन्दा अतियुक्ति हुँदैन । इन्धन तस्करी रोक्ने भन्दै नेपालीमाथि कडाइ गर्ने र नेपालबाट कुनै पनि गाडी भारतीय सीमामा प्रवेश गर्न नदिने मधेशी आन्दोलनकारीले भारतीय हतियारधारी सुरक्षाकर्मीको गाडीलाई भने बीरगञ्ज घुम्न दिनुले पनि मधेश आन्दोलनकारीको नियत र भारतीय रबैया बुझ्न कठिन छैन ।

Kamal Thapa Narendra Modi

ओलीमाथि शुरु देखि नै प्रहार गरिरहेको भारतले परराष्ट्रमन्त्री स्तरीय भ्रमणपछि पनि नाकाबन्दी खोल्ने संकेत नदेखाउनुले ओली सरकारको आयु घटाउन भारत हात धोएरै लागेको छ भन्ने कुरा स्पष्ट पटाक्षेप भैसकेको छ ।

पछिल्लो अस्त्रः राज्यलक्ष्मी गोल्छा
संविधान बनेपछि पद छोड्ने घोषणा गरेर नथाकेका सुशील कोइरालाले संविधान जारी भएपछि भने अनपेक्षितरुपमा प्रधानमन्त्रीको उम्मेदवारी दिएर धेरैलाई चकित पारे । तर त्यसभन्दा पनि बढी चकित पारे सुशील कोइरालाकै सरकारविरुद्ध दानापानी रोक्ने आन्दोलनमा रहेका मधेशबादी दलहरुले । केपी ओलीलाई हराउन भन्दै मधेशवादी दलहरुले कोइरालालाई भोट हाले । उनीहरुले भारतको दवावमा यस्तो कदम उठाएको संकेत मधेशी नेताहरुले यस अघी नै गरिसकेका छन् । ओलीलाई हराउन काठमाडौं आएका मधेशवादी दलभित्र प्रधानमन्त्री निर्वाचनले ठूलो विग्रह ल्याएपनि ओलीले जितेपछि उनीहरु फेरि पुरानै मोर्चामा फर्किएका छन् । नाकाकेन्द्रित आन्दोलन गरेर भारतलाई नाकाबन्दी लगाउन सहज पार्न उद्धत मधेशी दलहरुबाट नपुगेपछि अव भारतले एमाले भित्र नै घुसेर खेल खेल्न थालेको टिप्पणी विश्लेषकहरुले गरेका छन् ।

Oli Vs Rajya Laxmi Golchha

आफू समानुपातिक सांसद रहेको पार्टी एमालेकै उम्मेदवार केपी शर्मा ओलीलाई भोट हाल्न काठमाडौं नआएकी एमाले सभाषद राज्य लक्ष्मी ओली प्रधानमन्त्री भएपछि एमालेका कतिपय नेता मात्र होइन समग्र पार्टीको छविमाथि प्रश्न लाग्ने गरि अगाडी आएकी छिन् । प्रधानमन्त्रीको प्रतिस्पर्धामा एमालेले पार्टी उम्मेदवारलाई नै मत दिन नआएपछि राज्यलक्ष्मी गोल्छालाई राजिनामा दिन दवाव दिएको थियो । तर उक्त दवाव एमालेका लागि प्रत्युत्पादक बन्न पुगेको छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

राज्यलक्ष्मीले एमालेका नेताहरुले आफूसँग बाट करोडौं रुपैयाँ ब्यक्तिगत र संस्थागतरुपमा लिएको दावी गर्दै प्रमाण समेत सार्वजनिक गर्ने चेतावनी दिइसकर्की छिन् । त्यतिमात्र होइन उनले आफूलाई सांसदबाट हटाए अनिष्ठ हुने चेतावनी दिएर समानुपातिक सांसदले पार्टी नै हल्लाइदिन सक्ने हुंकार गरेकी छिन् ।

गोल्छाः मधेश मुद्धा र अंगीकृत नागरिकता
अहिले देश भारतीय नाकाबन्दीको चंगुलमा परिरहेको छ । भारतले संविधानमा भएका कतिपय प्रावधानलाई देखाएको भारतले अंगिकृत नागरिकताधारीलाई समेत देशको विशिष्ठ पदमा पुर्‍याउनु पर्ने माग राखेको चर्चा भारतीय सञ्चार माध्यमले नै गरिसकेका छन् । मधेशी दलहरुले आफ्नो एजेण्डा बनाएको अंगिकृत नागरकिताको मुद्धालाई एमालेकी सांसद राज्यलक्ष्मी गोल्छाको माध्यमबाट भारतले ओलीमाथि प्राहार गर्ने ब्रम्हास्त्रकोरुपमा प्रयोग गर्न खोजेको देखिएको छ । आफै अंगिकर्त नागरिकताधारी गोल्छाले यही मुद्धा उठाएर नेपाललाई च्याँपिरहेको भारतको स्वार्थ सिद्ध गर्न आफ्नै पार्टिका नेता तथा प्रधानमन्त्रीविरद्ध उत्रिएको दावी गर्नेहरु पनि छन् ।

सोमबार बिराटनगरमा पत्रकार सम्मेलन गरेर आफूलाई ‘भारतीय बेटी’ भएकाले सांसद्बाट राजीनामा गर्न दबाब दिइएको बताउँदै आफूले कुनै पनि हालतमा राजनीनामा नगर्ने बताइन् । एमालेका विभिन्न नेताले फोनबाट टर्चर गरिरहेको भन्दै उनले गोकर्ण विष्ट, योगेश भट्टराई र प्रदीप ज्ञवालीको नाम नै लिइन् ।

rajya laxmi golchha

उनले भनिन् ‘कहिले अंगीकृत नागरीकताको कुरा झिक्ने त कहिले लिङ्ग र जातको कुरा गर्ने, यस्तो अपमान सहन म तयार छैन,’ अगाडी थपिन् ‘मलाई के कारण सभासदवाट हटाइन लागिएको हो त्यसको प्रष्टीकरण पार्टीले दिनु पर्छ ।’ नेता र पार्टी नेतृत्वको छविमाथि नै धावा बोल्दै राज्य लक्ष्मीले भनिन् ‘धेरै कुरा नभनौं केन्द्रियदेखि स्थानीय नेता, युवा संघलगायत धेरैलाई मैलै आर्थिक सहयोग गरेकी छु, हिसाबै गर्ने हो भने ६ करोड भन्दा माथि पुग्छ,’ उनले भनिन, ‘भुकम्पका बेला युवा संघमार्फत् गरेको र अन्य हिसाब जोड्ने हो भने १५ करोड रूपैयाँभन्दा बढी रकम एमालेलाई दिइसकेकी छु ।’

गोल्छाको एमाले साइनो
संविधानसभाको दोस्रो निर्वाचनपछि पैसाको बलमा सभाषद बनेको भन्दै गोल्छा सञ्चार माध्यममा बदनाम बनेकी थिइन् । उद्योगी महेन्द्र गोल्छासँग बिबाह गरेपछि नेपालको अंगिकृत नागरिकता प्राप्त गरेकी गोल्छालाई संविधानसभाको दोस्रो निर्वाचनपछि एमालेको शक्ति केन्द्रले निकै राम्रो दाममा सभासद् पद बेचेको भनी एमाले भित्रै निकै विवाद भएको थियो ।पैसाको बलमा राजनीतिमा लामो संघर्ष गरेका होनाहार महिला नेतालाई पछारेकी गोल्छा सभाषद बनेपछि भने सुन्दै नसुनिने नाम बनेकी थिइन् ।

rajya laxmi golchha 1

बिराटनगरमै बसेर एमालेलाई पैसाको सहयोगले राजनीतिक सम्बन्ध कायम राखेकी उनले प्रधानमन्त्रीको चुनावमा समेत ओलीलाई मत दिन काठमाडौं आइनन् । आफु बिरामी भएकोले प्रधानमन्त्री निर्वाचनको समयमा भाग लिन जान नपाएको विषयलाई मुख्य मुद्दा बनाएर आफुलाई पदबाट हटाउनु लज्जास्पद भएको उनको भनाइ छ । गोल्छाले एमालेका नेता तथा पार्टीलाई गरेको भनिएको करोडौं सहयोग बारे स्पष्ट पार्ने जिम्मेवारी प्रधानमन्त्री ओलीमाथि आइलागेको छ । यो विषयमा आरोप लागेका एमाले नेताहरु पनि चुप लाग्न पाउने छैनन् नै । तर आफ्नै पार्टीले सभाषद बनाएकी एक महिलाबाट पार्टीकै बदनाम हुने अवस्था आएपछि समस्यामा परेका ओलीमाथि प्रहार गर्न राज्यलक्ष्मीलाई भारतले प्रयोग गरेको भन्नेहरुलाई उनको पछिल्लो अभिब्यक्तिबाट बल पुगेको छ ।

कमल थापा शुत्र असफलः अव ओलीका विकल्प के

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)