१३ असार, काठमाडाै‌ ।

सरकारले सुरक्षा व्यवस्था कडा बनाको छौं भनिरहेका बेला विभिन्न ठाउँमा फाट्टफुट्ट बाम राखेर त कतै बमको हल्लाले जनजीवनलाई आतंकित बनाउने काम जारी छ । भोलीको चुनावलाई लक्षित गरी कतै साँच्चीकै बम राखिएको छ त कतै बम जस्तै बनाएर तर्साउने काम भइरहेको छ ।

झापा, नवलपरासी, कञ्चनपुर, दाङ लगायत विभिन्न ठाउँमा बम राखियो । जुन सुरक्षाकर्मीको सकृयताले त्यति ठूलो मानविय क्षति हुन पाएको छैन । बम राखेको खवर पाउने वित्तिकै नेपाली सेनाले डिस्पोज गरिरहेको छ ।

अहिलेको यो चुनाव नचाहनेमा खासगरी दुईवटा शक्तिको सकृयता छ । राष्ट्रिय जनता पार्टी र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । राजपाले बम नै पड्काउने त्यति ठूलो हैसियत राख्दैन । र राजनीतिको मूलधारमा आएको राजपाको पृष्ठभूमि पनि त्यस्तो होइन ।

हो त केवल विप्लव नेतृत्वको नेकपाको । १० वर्षे जनयुद्ध लडेर आएका विप्लव र उनका कार्यकर्ताको पृष्ठभूमि सशस्त्र संघर्ष नै हो । आज मात्रै बम पड्काउने क्रममा धनगढीमा नेकपाका एक जना कार्यकर्ता चन्द्रबहादुर सिंहको मृत्यु भएपछि बमको आतंक मच्चाउने विप्लवको पार्टी नै हो भन्नेमा शंका रहेन ।

यो आशंकालाई विप्लम माओवादीले अस्वीकार पनि गरेको छैन । विप्लव माओवादीका कार्यालय सहयोगी चिरञ्जिवी ढकाल भन्छन्, ‘बम पड्काएर तर्साउने काम पार्टीको घोषित नीति अनुसार नै हो । हामीले नचाहँदा नचाहँदै, रोक्न खोज्दा खोज्दै पनि चुनाव गराउन खोजेपछि हामीले अवरोध गर्ने भनेकै हौं । त्यही अनुसार फाटफुट घटना भइरहेका छन् ।’

यसरी घोषित रुपमा बसमा, जुलुसमा, उम्मेदारलाई लक्षित गरेर अनि मतदाताको घरघरमा बम पड्काउने अनि बम पड्कायौं भनेर खुलेयाम रुपमा छाती फुल्लाएर हिड्नेलाई पनि के कुनै कारवाही हुन सक्दैन ? गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका कुनै बेलाका विप्लवका सहयोद्धा जनार्दन शर्मा प्रभाकरले यसको जवाफ दिनुपर्छ । जनताले यो प्रश्नको जवाफ प्रभाकरबाट खोजिरहेका छन् ।

फाइल तस्बिर

जनआधार हुन्थ्यो त विप्लव आफै चुनाव लड्थे
पाँचवटा कारण देखाउँदै विप्लवको पार्टीले अहिलेको सरकार अनि सरकारमा रहेका दलहरुलाई गद्धार, सामान्ती, शोषक लगायत यस्तै उपमा दिएर आलोचना गरेको छ । ‘यो नेपाली क्रान्ति, जनता र राष्ट्रका विरुद्ध दलाल पूँजीवादी सत्ताका संचालकहरुको प्रतिक्रान्तिकारी षड्यन्त्र हो । यसले १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनका उपलब्धीहरुमाथि साम्राज्यवादी बन्चरो हान्ने छ ।’ यो विप्लवको भाषा हो ।

त्यति मात्र होइन सिंहदरवारमा खुम्चिएको अधिकारलाई गाउँगाउँमा लैजानका लागि भन्दै गरिएको चुनावलाई विप्लव माओवादीले भनेको छ, ‘स्थानीय नामको चुनावले दलालहरुले स्याल हुईया लगाए जस्तै नेपाली जनतालाई राजनैतिक अधिकार र विकास दिने होइन कि उल्टै जनतामाथि हत्या, आतंक, बेलगाम गिरप्तारी र झुट्टा मुद्दा, गुण्डागर्दी, दलाल तथा भ्रष्टचारीहरुको जनताको भोट खरिदविक्रि गर्ने खेल, धाँदली, विकृति एवं विसंगती र सामाजिक असुरक्षा मात्र थोपर्ने छ । यसकारण यो चुनावलाई खारेजी गर्नको लागि जनप्रतिरोध अभियानमा उत्रन नेपाली जनतालाई हाम्रो पार्टीले आह्वान गरेको छ ।’

तर यसरी घोषित रुपमा स्थानीय चुनाव वहिस्कार गरेको विप्लवको पार्टीले नैतिकताको बन्धनबाट स्वयं आफनै पार्टीका कार्यकर्तालाई बाध्न सकेन । यो चाँही अचम्मको विषय छ । उसले आफ्नो आधार इलाका ठानेको रोल्पाको थवाङमा कार्यकर्ता स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावमा होमिएका छन् ।

त्यतिमात्र होइन, पकड क्षेत्र ठानेको थवाङमा पनि ठूला पार्टीहरु नेकपा एमाले र कांग्रेसको बैशाखी टेक्न परयो । यसले स्पष्ट पार्छ, विप्लव चुनाव लड्ने आफ्नो बलियो आधार नदेखेर फगत चुनावको विरोध गरिरहेका छन् ।

थवाङ जस्तै केही पकड क्षेत्र हुन्थे त उनी पनि चुनावमा सहभागि हुने थिए भन्ने यो एउटा उदाहरण प्रयाप्त छ । तर यो एउटा उदाहरणले अर्को प्रश्न खडा गरेको छ । जनमत भएको भनिएको ठाउमा चुनाव लड्ने अनि नभएको ठाउँमा जनताको चित्त बुझ्ने काम गरेर मन जित्ने वा जनजीवन आतंकित बनाउने र तर्साउने ?
मानौ थवाङमा चुनाव लड्ने कार्यकर्तालाई पार्टीले कारवाही गरिसक्ने रे ? यदि त्यसो हो भने जनताले त चुनाव चाहेका रहेछन् भन्ने त पुष्टि हुन्छ नि होइन र ?

Advertisements