२४ भदौ, एजेन्सी ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले पाँचौ जीत दर्ता गरेको छ । पिएसजीले गएरातिको खेलमा मेट्जलाई पाँच एक गोल अन्तरले पराजित गरेको हो ।

दश खेलाडीमा सीमित भएको मेट्जालाई हराउने क्रममा पिएसजीका लागि एडिसन काभानीले दुई गोल गरे । यस्तै केलियन एमबाप्पे, नेइमार र कोलुका मोउराले एक एक गोल गरे ।

मोनाकोबाट लोनमा पिएसजी आएका एमबाप्पले पिएसजीको डेब्यु खेलमा नै गोल गरे । खेलको छपन्नौ मिनेटमा डिफेन्डर मेनोइट एस्मो–इकोटो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मेट्ज १० खेलाडीमा सीमित भएपछि पिएसजीले चार गोल थपेको थियो ।

पाँच खेलबाट १५ अंक जोडेको पिएसजी लिगको शीर्ष स्थानमा छ ।