२९ साउन, काठमाडौं । नेपाल टेलिकमले बाढी र पहिरोका कारण धेरै ठाउँमा संचार सम्पर्क विच्छेद भएपछि एसएमएस सेवा निःशुल्क गर्ने भएको छ ।

टेलिकमबाट टेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असहजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।

अब म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आजदेखि लागू भएको यो व्यवस्था साउन ३१ गते सम्म लागू हुने टेलिकमले जनाएको छ ।

Advertisements