१५ साउन, काठमाडौ ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जस्तो ऋषि मनले नभई बुद्ध मनले संविधान निर्माण गर्नु पर्ने बताएका छन ।

उपचारको क्रममा नयाँ दिल्लीमा रहेका खनालसँग नयाँ दिल्ली स्थित नेपाली दुतावासमा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा नेपालको संविधान निर्माणमा भारतको सदभाव आवश्यक रहे पनि भारतको सहयोगको आवशयकता नरहेको बताए ।

खनालले भने– शान्ति प्रक्रिय र संविधान निर्माणमा भारतको सदभाव त आवश्यक छ तर सहयोगको आवश्यकता छैन । नेपालमा संविधान नेपालीले निर्माण गर्ने हो, भारतले होईन । भारत आएर संविधान निर्माणमा सहयोग माग्नुको औचित्य छैन ।

jhala nath Khanal Briefs Media

उनले सीमांकनसहितको संविधान जारी हुनु राम्रो भए पनि अहिलेसीमांकनसहितको संविधान जारी गर्न समस्या पर्ने भएकोले सीमांकन बाहेककै संविधान जारी गर्नु पर्ने बताए ।

खनालले सीमांकनको विषयमा छलफल गर्दै पछि सीमांकन गर्ने गरी संविधान जारी गर्नु पर्ने भन्दै सीमांकनमा अल्झिएर अहिले संविधान जारी गर्न ढिलाई कुनै पनि हालतमा गर्न नहुने तर्क गरे ।

उनले भने–अहिले संविधान आवश्यक छ । कुनै बहानामा संविधान जारी गर्न ढिलाई गर्नु हुँदैन ।
खनालले अहिले आएको मस्यौदा उत्कृष्ट भएकोले यसले सबैको माग संबोधन गर्न नसक्ने भन्दै जनताको राय सुझाव आईसकेकोले केही आवश्यक विषयमा मात्र संसोधन गरेर मात्र जारी गर्नु पर्ने बताए ।

उनले प्रक्रियाबाट संविधान जारी गर्न भदौ १५ गतेसम्म संविधान जारी हुने विश्वास समेत ब्यक्त गरे ।