५ जेठ, भक्तपुर ।

भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ । नेमकिपाका रवीन्द्र ज्याख्य ३३६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्र लाछिमस्युले ६९२ र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गरे ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–५ को वडाध्यक्षसहित समूह नै नेकपा एमालेले जितेको छ । एमालेका राजकुमार जोशी १४८० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बालकृष्ण थापाले ८४६ प्राप्त गरे ।

सूर्यविनायक– ६ को वडाध्यक्षमा भने काँग्रेसका रामेश्वर ध्वजू विजयी भएका छन् । ध्वजूले ४९२ र उनका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल त्वायनाले २३४ मत प्राप्त गरे ।