काठमाडौं ।

भारतकी चर्चित स्तम्भकार निरुपमा सुवर्मन्यमले भारतीय नरेन्द्र मोदी सरकारले छिमेकीसँगको सम्बन्धमा श्रीलंका र बंगलादेशमा केही प्राप्ति गरेपनि नेपालमा भने ठूलो क्षति ब्यहोरेको विश्लेषण गरेकी छिन् । भारतको चर्चित अखबार इण्डियन एक्सप्रेसमा आलेक प्रकाशित गर्दै सुवर्मन्यमले मोदी सरकारको छिमेकी नीति असफल भएको विश्लेषण सार्वजनिक गरेकी हुन् ।

पाकिस्तानलाई छोडेर अहिले दक्षिण एसियामा भारतको सबैभन्दा तिक्त अवस्था नेपालसँग रहेको भन्दै उनले श्रीलंकाकै स्टाइलमा भारतीय सरकारले नेपालमा मोदी सरकारले राजिब गान्धीकै नीति अख्तियार गरेको भनेकी छिन् ।

Indian Express Article Nirupama Subarmanyam

श्रीलंकामा तामिलहरुलाई सघाएपनि भारतले आन्तरिक मामिला भनेर पन्छिएको संकेत गर्दै उनले नेपालमा मधेशीहरुलाई उचालेर मोदी सरकारले नेपालको आन्तरिक समस्या भन्दै नाकाबन्दी लादेको संकेत आलेखमा गरेकी छिन् । श्रीलंकाको मामिलामा तामिल र सरकार दुवैको अप्रिय प्रतिक्रिया पाएर पनि भारतले नचेतेको संकेत गर्दै उनले नेपालप्रति भारतले अख्तियार गरेको नीति गलत भएको भनेकी छिन् ।

Indian Express Article Nirupama Subarmanyam

नेपालको संविधानमा भारतले राखेको अहसमति श्रीलंकाबाट पाठ नसिक्नुको परिणाम भएको विश्लेषण गर्दै काठमाडौंसँग दिल्लीको पछिल्लो ब्यवहार बुझिनसक्नु भनेकी छिन् ।

विहार चुनावको मुखैमा मोदी सरकारले मधेश आन्दोलनको प्रवर्द्धन गरेको भन्दै उनले यी २ घटनाबीच अन्तरसम्बन्ध रहेको पनि खुलाएकी छिन् । बीरगञ्जमा गरिएको नाकाबन्दीका कारण उत्पन्न संकटकै कारण नेपालमा चीनले सहयोगको हात बढाउने अवस्था आएको भन्दै उनले मधेश आन्दोलन भारतीय जनता पार्टीका लागि बरदान सावित गर्न खोजिएको भनेकी छिन् । यद्यपी विहार चुनावको परिणामपछि पनि नेपालमाथिको नाकाबन्दी कायम रहेको र मधेश आन्दोलन पनि जारी रहेको अवस्थामा भारतले गरेको कुनै पनि आग्रहले अहिले सम्म काम नगरेको बरु नेपालमा भारतविरोधी भावना आकाशिएको उनको विश्लेषण छ ।

स्तम्भकारः निरुपमा सुवर्मन्यव

स्तम्भकारः निरुपमा सुवर्मन्यव

नेपालमाथि अघोषित नाकाबन्दी गरेर राजनीतिक संकट बढाइरहेको भारतमा पनि नाकाबन्दीको विकल्प खोज्न ब्यापक दवाव बढिरहेको छ । संसदमा भएका बहस देखि पत्र पत्रिकाका सम्पादकीय पनि नेपालमाथि गरिएको ब्यवहारको विरोधमा लेखिने क्रम बढेको छ । केही दिन अघि मात्र भारतको चर्चित म्यागजिन इकोनोमिक एण्ड पोलिटिक विक्ली ‘इपीडब्ल्यु’ नामक साप्ताहिकले आफ्नो सम्पादकीयमा नेपालमाथि नाकाबन्दी गर्ने नरेन्द्र मोदी सरकारको नीतिको कडा आलोचना गरेको थियो ।

त्यस्तै भारतका पूर्व सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले नाकाबन्दी लगाएर भारतले नेपालमा पराजय भोगेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ ।

भारतीय साप्ताहिक सम्पादकीयः ‘नाकाबन्दी काम नलाग्ने, अनैतिक र खतरनाक’

केही समय अघि भारतीय कम्युनिष्ट पार्टी भाकपाले मोदी सरकारलाई नेपालमाथिको नाकाबन्दी खोल्न र नेपाललाई धम्क्याउन छोड्न दवाव दिएको थियो । भारतीय कम्युनिष्ट पार्टी भाकपाको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ले सम्पादकीय नै लेखेर नेपाललाई हेप्ने मोदी सरकारको नीतिबारे भर्त्सना गरेको हो ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)