९ भदौ, काठमाडौं ।

संघीयताको सीमाङ्कनको विषयमा देशभर तनाव भएपछि प्रमुख दलहरुले असन्तुष्ट पक्षहरुसँग वार्तमा बस्ने निर्णय गरेका छन् ।

प्रमुख दलहरुको बैठकबाट प्रधानमन्त्रीले असन्तुष्ट रहेर आन्दोलन गर्दै आएका मधेशी र थारु समुदायलाई आज भोलीमै वार्तामा बोलाउने सहमति भएको जानकार एमाओवादीका नेता डा बाबुराम भट्टराईले दिएका छन् ।

उनले ट्वीट गर्दै – शीर्ष वैठकमा मधेसी मोर्चा र थारु आन्दोलनकारीहरुलाई प्रम मार्फत आज/भोलि नै वार्तामा बोलाउने समझदारी भएकोछ! सबै पक्षले वार्ताबाटै समाधान खोजौं!’ भनेका छन् ।

baburam bhattarai on Tharu barta

अव कुनै पनि एजेण्डाले संविधान जारी गर्ने काम नरोकिने अडान लिएका नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत प्रधानमन्त्रीलाई दिएको सन्देशले वार्ताका लागि दवाव दिएको अनुमान गरिएको छ ।

Madhesi in Indian Media Feature

हिँजो मात्र भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालालाई ५-१० जना कोठामा बसेर संविधान लाद्न नसक्ने भनेर झपारेको हिन्दुस्तान टाइम्सले जानकारी दिएको थियो । यद्यपी यो समाचारलाई प्रधानमन्त्री कार्यालयले झुटो भनेको छ ।