५ जेठ, काभ्रेपलाञ्चोक ।

मन्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा(एमाले)का टोपबहादुर वाइवा विजयी भएका छन् ।

उनले सात हजार ६४६ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्युतप्रसाद पौडेले छ हजार ३१९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै निर्मला शाही सात हजार ५०१ प्राप्त गरी विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राधिका ढकालले छ हजार १६० मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडा नं ११ मा एमाले समूह विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार माधवप्रसाद न्यौपाने ९३३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र लामा तामाङले ४७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा नं १२ का वडाध्यक्षमा काँग्रेसको समूह नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार गोविन्दप्रसाद पराजुली ५३४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद पराजुलीले ५२७ मत प्राप्त गरेका छन् ।

यस्तै धुलिखेल नगरपालिका–६ मा काँग्रेसका सञ्जय कोजु पाँच सय ७६ मत ल्याई वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपक श्रेष्ठले ४५९ मत प्राप्त गरेका छन् । रासस

Advertisements